यस बर्षको हाइक फर नेपाल- २०२१ आगमी ३० जुलाई देखी अगष्ट १ तारिखसम्म
लण्डन । पोखरेली मंच यूके प्रमुख आयोजक र नेपाल स्थित वि विल राईज फाउन्डेसन, नेपालको (We Will Rise Foundation) सहकार्यमा नेपालको पर्यटन प्रबर्द्धनको निम्ति हरेक वर्ष वेल्समा आयोजना गरिदै आएको हाइक फर नेपाल इन वेल्स- २०२१ (Hike for Nepal in Wales-2021) आगमी ३० जुलाई देखी अगष्ट १ तारिखसम्म (तीन दिन) आयोजना हुने कुरा पोखरेली मंच यूकेको अधक्ष्य मान प्रसाद गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ ।
सारा विश्वलाई नै अतंकित पारेको कोरोना महामारीलाई आधार वा बिषयबस्तु (theme) बनाएर कोरोनाबाट कसरी छुटकारा पाउने वा जोगिन सकिन्छ भनी यस बर्षको हाइक फर नेपालको नारा “उर्जाशील जीवन प्रबर्ध्दर्न” (Promoting Energetic Life) भन्ने राखेको छ । हाइक फर नेपालले हरेक चोटी कार्यक्रम राख्दा यस्तै शिक्षामुलक तथा सचेतना जगाउने नारा (स्लोगन) राख्ने गरेको छ र यस पटक पनि समय सान्दर्भिक र समसामयिक नारा राखेको छ । उक्त पदयात्रामा सहभागी हुन ईच्छुक्क महानुभाबहरुले बस्ने वा क्याम्पिंगको ब्यबस्था स्वंयले गर्नु पर्नेहुन्छ । हाइक फर नेपाल वेल्सको बिभिन्न रमनिय तथा आकर्षक ठाउँहरुमा आयोजना गर्दै आइरहेको छ ।
समुहगत र भौतिक रुपमा सहभागी हुने कार्यक्रम भएकोले वेल्स सरकारको त्यसबेलाको कोभिड नियममा भरपर्ने भएकोले यसपटक यही स्थानमा कार्यक्रम आयोजना वा हाइक गर्ने भनेर निर्क्योल नभइसकेको तर स्नोडोनिया र पेनभेल क्षेत्र सम्भावित स्थानको रुपमा राखेको कुरा अधक्ष्य गुरुङले जानकारी गराउनुभयो । साथै यसपटक स्वतन्त्र खालको आफु र समुहले इछ्याएको अनुसार समुह (Bubble) मिलाएर कार्यक्रम आयोजना गर्ने सोंच रहेको कुरा गुरुङले बताउनुभयो ।
हाइक भनेपछी मनोरन्जन र श्वस्थ हुने प्रमुख उध्देश्यहरु हुन तर रमाइलो सँगसँगै नेपालको प्रबर्ध्दन र ती स्थानहरुको भ्रमणबाट राष्ट्रिय निकुन्जाहरुको ब्यवस्थापना, संरक्षण र सम्बर्ध्दन कसरी गर्न सकिन्छ भनी सिकोस् र जानोस् भन्ने कार्यक्रमको प्रमुख उध्देश्य हो- गुरुङले भन्नुभयो । कार्यक्रमको बिस्तृत समय तालिका र स्थानको बारे पोखरेली मंच यूकेको र हाइक फर नेपालको अधिकारिक भाईबर ग्रुपहरुमा तथा अन्य उपयुक्त माध्यमबाट कार्यक्रम आगवै निकट भबिष्यमा जानकारी गराइनेछ । बेलायत सरकार र वेल्स सरकारको नितान्त कोभिड नियममा भर पर्ने भएकोले कार्यक्रम सम्बन्धि केही परिवर्तन वा आवश्यक जानकारी दिनुपर्ने भएमा आयोजकले सम्बन्धित ग्रुपमा वा सरोकारवालाहरुलाई खबर गर्नेछ ।
उक्त फाईदाजनक कार्यक्रममा (पदयात्रामा) सहाभागी हुन सम्पूर्ण यूकेबासी नेपालीहरुलाई अधक्ष्य गुरुङ तथा हाइक फर नेपालको कार्यक्रम संयोजक मेजर रिटायर्ड खुशीमान गुरुङ एमभिओले अनुरोध गर्नुभएको छ । बिगतका बर्षहरुमा जस्तो खुला रुपमा कार्यक्रम आयोजना गर्न नमिलेको वा नपाएकोमा आयोजकले दु:ख ब्यक्त गर्नुभएको छ । साथै उहाँहरुले सिमित रुपमा भएपनि उक्त बिशेष पदयात्रामा सहभागी हुने मौका नगुमाउन बेलायतबासी नेपालीलाई अनुरोध गर्नुभएको छ ।