बेलायत स्वास्थ्य बिभागले नेपाल भेरीयन्ट नभएको पुष्टी, दि गार्जियनले समाचार प्रकाशित

बेलायती अखबार द गार्जियनले कोरोनाभाइरसको नेपाली प्रजाति भेटिएको भन्ने विवरण सहि नभएको जनाएको छ । पब्लिक हेल्थ इङ्ल्यान्डलाई उध्दृत गर्दै उक्त बेलायती अखबारले लेखेको छ, ‘नेपाल भेरिएन्ट भन्ने कुरा अहिले अनुसन्धानमा छैन र भेरिएन्ट अफ कन्सर्न भन्ने पनि छैन ।’ भारतीय भेरिएन्ट डेल्टा नै नेपालमा भयवाह ढंगले फैलिएको लेखिएको छ । नेपालमा जिन सिक्वेन्सिङ नभएपनि पुष्टि भएका भोरिएन्टमा डेल्टा नै सर्वाधिक संक्रमण भएको समेत उल्लेख छ ।

विहिबार डेली मेल लगायतका अखबारले भाइरसको नेपाली भेरिएन्ट बेलायतमा फैलिएको र नेपालबाट पुगेका केही मानिसमा त्यसको पुष्टि भएको दाबी गरेको थियो । डब्लुएचओ र लन्डनस्थित नेपाली नियोगले दाबी गलत रहेको बताएका थिए । यसैबीच, विहिबारै आयोजित एक प्रेसमिटमा बेलायतका यातायातमन्त्री ग्रान्ट सेप्सले पोर्चुगलबाट लन्डन पुगेका केही व्यक्तिमा भारतीय र नेपाली म्युटेन्ट भाइरस भेटिएको दाबी गरेका थिए ।

जसले गर्दा पोर्चुगललाई बेलायतको हरियो सूचीबाट हटाइएको जानकारी यातायातमन्त्री सेप्सले दिएका थिए । मन्त्रीको उक्त भनाइप्रति सामाजिक संजालमा चर्को आलोचना भएको छ ।

त्यस्तै हिजै मात्र लन्डन स्थित नेपाली राजदुताबासले डेली मेलमा प्रकाशित नेपाल भेरीयन्टको कारण होलिडे जान खतरा भन्ने शिर्षकको समाचारमा कुन आधार नभएको भनी खण्डन र सच्याउन अनुरोध गरेको थियो ।

तर दि गार्जियनमै आज प्रकाशित समाचारमा भने बेलायतको बिद्यालयहरुमा भारतीय कोभिड भ्यारियन्ट तिब्र रुपमा फैलीरहेको समाचार प्रकाशित गरेको छ ।