भोलिदेखि लागु हुने काठमाडौंको निषेधाज्ञा यस्तो छ
काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि लागु हुने गरी नयाँ निषेधाज्ञा जारी गरिएको छ । यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो ।
काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा पटक–पटक थपिँदै आएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको संयुक्त बैठकपछि निषेधाज्ञा लम्ब्याएर जेठ ३१ सम्म पुर्याइएको हो ।
नयाँ निषेधाज्ञामा केही खुकुलो व्यवस्था गरिएको छ । यसअघि, खाद्यान्न, किराना पसलसमेत खोल्न रोक लगाइएको थियो भने अब बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ । वर्कसपहरु राति ९ देखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइनेलगायत व्यवस्था गरिएको छ ।
यस्तो छ, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी निषेधाज्ञामा व्यवस्था–