आगमी जुन २७ तारिख तमु समाज यूकेको १४औं साधारणसभा तथा छैठौं महाअधिवेशन
यही महिनाको जुन २७ तारिख २०२१ साल आइतबार संयुक्त अधिराज्य बेलायतको तमुहरुको एक गौरवमय संस्था तमु समाज युकेले आफ्नो १४औं साधारणसभा एवं छैठौं महाअधिबेशन – २०२१ समाजको वेम्बली ह्यारो रोड स्थित समाजको भवनमा हुने कुरा संस्थापक अधक्ष्य चित्र बहादुर गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । उपलब्ध सुचना अनुसार जुन २७ तारिख २०२१ साल आइतबार समाजको वेम्बली स्थित समाज घरमा बिहान १० बजेबाट १४औं वार्षिक साधारण सभा तथा छैठौ महाअधिबेशन शुरु हुनेछ । उक्त साधारण सभाले नै आगमी २०२१ – २३ को कार्यसमिती चुन्नेछन । १ अधक्ष्य, २ उपाध्यक्ष्यहरु, १ महासचिब, १ कोषाध्यक्ष र २६ सदस्य गरी जम्मा ३१ सदस्य कार्यसमिती उक्त १४औं साधारण सभाले चुन्नेछन ।
यसको लागि समाजको सल्लाहकार थम प्रसाद गुरुङको अधक्ष्यतामा निबर्तमान अधक्ष्य अर्जुन कुमार गुरुङ र भुपु कोषाध्यक्ष्य तथा सल्लाहकार केदार बहादुर गुरुङ सहितको ३ सदस्य निर्वाचन समिती (मण्डल) गठन गरिएको छ । निर्वाचन समितिले संस्थाको बिधान अनुसार कार्यबिधी र नियमावली बनाइ समाजको सदस्यहरुलाई समाजको अधिकारिक भाईबर ग्रुप र अन्य माध्यमबाट जानकारी गराइसकेको छ ।
समाजले १४औं साधारणसभा तथा छैठौं महाअधिवेशनबारे सम्पूर्ण सदस्यहरुलाई जानकारी गराइसकेको छ । समाजले उल्लेखित मिति, समय र स्थानमा समाजको १४औं साधारणसभा तथा छैठौं महाअधिवेशन विविध कार्यक्रमहरुसहित भब्यरुपमा सु-सम्पन्न गर्न गईरहेको हुँदा संस्थाको आदरणीय अध्यक्षज्यु, संस्थापक अध्यक्षज्यु, पूर्ब अध्यक्षज्युहरु, सल्लाहकारज्युहरु, ट्रष्टिजज्युहरु कार्यसमितिका पदाधिकारिज्युहरु, आमा समूहका अध्यक्षज्यु, युवा समूह अध्यक्षज्यु र बेलायत भर फैलिएर रहनु भएका सम्पूर्ण आजीवन सदस्यज्युहरु लाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
स्मरण रहोस्- शिवचन्द्र गुरुङ अधक्ष्य रहेको बर्तमान कार्यसमितिको पदावधी गत अप्रिल महिनामै पुरा भइसकेको थियो तर बहुमतले कोभिड माहमारी मत्थर भएसी बेलायत सरकारको नियममा रहेर भौतिक रुपमा उपस्थित भइ महाअधिबेशन गर्ने मनसाय र मन्जुरी भए अनुसार यही जुन २७ तारिखसम्म महाअधिबेशन सारेको थियो ।
तमु समाज यूकेको १४औं साधारणसभा तथा छैठौं महाअधिवेशन सम्बन्धि सुचना र निर्वाचन नियमावली यस प्रकार रहेको छ –