तमु धी लण्डन एकाईको महासचिव बिशाल (रक) गुरुङले एनआरएनए यूकेको सचिव पदमा उम्मेदवार दिने घोषणा
लण्डन । तमु धी लण्डन एकाईको महासचिब बिशाल (रक) गुरुङले एनआरएनए यूकेको सचिब पदमा उम्मेदवार दिने घोषणा गर्नुभएको छ । समाजिक सन्जाल फेसबुक मार्फत र खबर यूकेसँग आज कुरा गर्नुहुँदै उहाँले सचिबको लागि उम्मेदवार दिने कुरा बताउनुभएको हो । पर्बत दुर्लुङ घर भई बिगत दुई दशकदेखी यूके बस्दै आउनुभएका गुरुङ तमु धी लण्डन एकाइको महासचिब हुनुहुन्छ । सानैदेखी समाजसेवामा रुची भएका गुरुङ उपयुक्त समयको खोजिमा हुनुहुन्थ्यो । तमु धी लण्डन एकाइको महासचिब भएसँगै गुरुङको मनमा अलि ठुलो र बृहत संस्था मार्फत समाजसेवा गर्न पाए हुन्थ्यो भन्ने लागि रहन्थ्यो, यसको लागि एनआरएनए यूके नै सबैभन्दा उपयुक्त र अधिकारिक संस्था हो । त्यसैले एनआरएनए यूकेको कार्यसमितीमा रहेर केही सिक्ने र केही दिने इच्छ्या भएकोले यसपाली सचिबबाट सुरु गर्ने चाहाना भएकोले उम्मेदवारी दिएको हुँं – गुरुङले भन्नुभयो ।
गाउँमा हुँदा नै स्थानीया युवा क्लब र इको क्लबहरुमा सकृया भएर लाग्दा आफुमा एक किसिमको प्रभाब परेको र त्यसै समयदेखि समाजसेवाप्रति आफ्नो रुची बढेको कुरा सुनाउनु भयो । यूकेको सन्दर्भमा संघसंस्थामा खासै सकृया भएर नलागे त पनि मुख्य मुख्य कार्यक्रमहरुमा भाग लिने र स्वयंसेवक भएर धेरै पटक सहयोग गर्दै आइरहेको कुरा बताउनुभयो । गुरुङले पर्बत वेलफियर सोसाइटीको सहकोषाध्यक्ष्यको रुपमा पनि कार्य गरिसक्नुभएको छ । यूके बसेदेखि तमु धी यूके र एनआरएनए यूकेलाई आफुले नजिकबाट नियालिरहेको, सकेमा र मिलेमा एकदिन यी संस्थाहरु मार्फत समाजसेवा गर्न पाए भन्ने लाग्थ्यो र यसपाली थोरै अगाडि बढ्ने प्रयास गरेको हुँं । आशा छ सबैको साथ र सहयोग मिल्नेछ- गुरुङले भन्नुभयो । उनले यूकेबासी नेपालीहरुलाई आफुलाई अत्यधिक मत दिनुभइ बिजय गराउनुहुन अनुरोध गर्नुभयो ।