आज ४ बजे १६ खर्वको बजेट सावर्जनिक गरिँदै यसको लागि मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दैछन् । बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्दैछ । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने अर्थ मन्त्रालयले जनाएको छ ।

संसदमा बजेट गर्नुपर्ने भएपनि यस वर्ष संसद विघटन भएकाले अध्यादेशमार्फत् बजेट सावर्जनिक हुन लागेको हो । यस वर्ष करिव १६ खर्वको बजेट ल्याउने सरकारको तयारी रहेको स्रोतले बताएको छ । बजेट सार्वजिनक कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, योजना आयोगका पदाधिकारी लगायत उपस्थिति रहने कार्यक्रम छ ।

त्यस्तै बजेट भाषणअघि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बजेट भाषण आज दिउँसो ४ बजे हो । अहिले विहान ११ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । आज बस्ने क्याविनेट बैठकले बजेट अध्यादेशमार्फत ल्याउनको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने जनाईएको छ । संसद् विघटन गरेर अध्यादेशमार्फत देश चलाउन खोजिएको र अध्यादेशमार्फत पूर्ण बजेट ल्याउनु गलत हुने अर्थविद्हरुले टिप्पणी गरिरहेका छन् ।