प्रधानमन्त्री ओलीले आज राष्ट्रलाई सम्बोधन गर्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ४ बजेतिर सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
सरकारले भोलि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि अपरान्ह ४ बजे सार्वजनिक गर्दैछन् । सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक नीति तथा कार्यक्रम आएन । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट ल्याउन लागिएको हो ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज २०७८ जेठ १४ गते शुक्रबार अपरान्ह ४.०० बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेकाे छ । उक्त सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने व्यवस्था गरिएकाे सबै सञ्चार माध्यमहरूलई अनुराेध गर्दछु ।