भिल्लारियल पहिलोपटक युरोपा लिग च्याम्पियन

स्पेनिस क्लब भिल्लारियलले ऐतिहासिक उपाधि उचालेको छ । बुधबार राति भएको खेलमा भिल्लारियलले पहिलोपटक युरोपा लिग फुटबलको उपाधि जितेको हो । पोल्यान्डको पोल्साट एरिनामा भएको खेलका इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्लारियल च्याम्पियन बनेको हो ।

दुई टोलीबीचको खेल निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटअघि खेलको २९औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । ५५औँ मिनेटमा एडिन्सन काभानीले युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए ।

पेनाल्टी सुटआउटमा कुल २२ पेनाल्टी प्रहार हुँदा युनाइटेडका गोलकिपर डेभिड डी जिया भने गोल गर्न असफल भए । जियाको प्रहार भिल्लाका गोलकिपर रुलीले बचाएका थिए । भिल्लाको इतिहासमा यो नै सर्वाधिक ठूलो उपाधि हो ।