संसद् विघटनसम्बन्धी १९ रिट प्रधानन्यायाधीशको इजलासमा
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका १९ मुद्दाको सुनुवाइ आज सुरू हुँदै छ छ । तर परमादेश जारी गर्न माग गरिएको ती १९ वटै मुद्दाको सुनुवाइ भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा हुने भएको हो । ती सबै रिट निवेदनको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै एकल इजलासमा तोक्नुभएको छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दायर भएका ४ वटा रिटको पेशी पनि आजै तोकिने भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु इन्द्रप्रसाद अर्याल, दीपक राई, राजाराम घिमिरेलगायतले छुट्टाछुट्टै दायर गरेको रिट आजकाे पेसीमा परेका छन् । विघटनविरुद्ध परेका ३० मध्ये १९ वटाको सुनुवाइ आज हुँदैछ भने बाँकी ११ रिट भने शुक्रबार संवैधानिक इजलासमा पेस हुनेछन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गर्नुभएकाे थियाे ।