बेलायतमा हुने ‘टी-२० ब्लास्ट’ र ‘द हन्ड्रेड’ खेल्न जान सन्दिपले भिषा अझै पाएछैन

काठामाण्डौ । टी-२० ब्लास्ट र द हन्ड्रेड खेल्न जाने तयारीमा रहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेको बेलायतको भिषा आउन ढिलो भएको छ । कोरोनाका कारण नेपालमा बेलायतको भिषाका लागि भारतको नयाँ दिल्लीबाट नै प्रक्रिया हुने र नेपालमा कार्यालय बन्द भएकाले ढिलो भएको बताइएको छ । सन्दिप टी २० ब्लास्ट र द हन्ड्रेडका लागि मे को अन्तिममा पुग्नुपर्ने बताइएको थियो । तर भिषा आउन नै ढिलो भएपछि सन्दिपको यूके जाने प्रक्रिया ढिलो भएको छ ।

सन्दिपले भिषाको प्रक्रिया कठिन भएको भन्दै आफ्नो ट्टिरमा धारणा राखेका छन । उनले भिएफएस ग्लोबललाई मेन्सन गरेर एक महिना अगाडी नै बेलायतको भिषाका लागि प्रक्रिया गरेपनि अहिलेसम्म नपाएको र आफ्नो फ्लाइटको समय आइसकेको उल्लेख गरेका छन । उनले भिषाका लागि जतिपनि पटक फोन गर्दा क्लियर उत्तर नपाएको लेखेका छन ।

सन्दिपको सो ट्विटमा भिएफएसले जवाफ दिँदै तपाईको समस्यालाई इमेलमा लेखेर पठाउन भनेको छ ।

नेपालमा कोरोनाको संक्रमण दर उच्च भएपछि अन्तराष्ट्रिय उडानहरु बन्द भएका छन । यसले धेरै नेपाल आउने र बाहिर जान नागरिकलाई कठिनाई भएको छ । यस्तैमा नेपाली खेलाडी सन्दिप लामिछानेलाई पनि बेलायतमा हुने द हन्ड्रेड र टी २० ब्लास्ट खेल्न जाने बाटो कठिन भएको छ । कोभिडका कारण नेपालमा संक्रमण र मृत्यु दरपनि बढेकाले बेलायत सरकारले नेपाललाई रेड लिष्टमा राखेको छ । यो लिष्टबाट बेलायत सरकारले नेपाललाई कहिले हटाउछ त्यो पनि एकिन छैन । तर यसको कठिनाई स्टार क्रिकेटर सन्दिप लामिछानेलाई परेको छ ।

टी २० ब्लास्ट र द हन्ड्रेडका लागि जाने तरखरमा रहेका बेला उडान बन्द हुँदा पर्ख र हेरको अवस्थामा बसिरहेका छन । टी २० ब्लास्टमा सन्दिप वष्र्टसर क्रिकेट क्लवमा अनुबन्ध भएका छन । यस्तै द हन्ड्रेडमा सन्दिप इन्भिन्सिबलमा अनुबन्ध भएका छन । तर अहिलेको कठिन अवस्थामा सन्दिप बेलायतमा यी दुई क्रिकेट प्रतियोगिता खेल्न जान पाउने नपाउने एकिन भइसकेको छैन । टी २० ब्लास्ट जुन नौबाट सुरु भएर १८ सेप्टेम्बरमा सकिनेछ । सन्दिप आबद्ध टिम वस्र्टसरले जुन नौ तारिखमा नै नोटिङहामसायरसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै जुलाई २१ बाट पहिलो संस्करणको द हन्ड्रेड सुरु हुनेछ । दुबै क्रिकेट प्रतियोगिता कोभिडका कारण अघिल्लो बर्ष स्थगित भएका थिए । द हन्ड्रेडमा ओभलले सन्दिपलाई रिटेन गरेको थियो । यता सन्दिपको बेलायतको बेलायतको भिषा प्रक्रियामा भएपनि अझै हात परेकाे छैन । उनी यी प्रतियोगिताका लागि कहिले जाने भन्ने अझै एकिन छैन । अहिलेको अवस्थामा फ्लाइटपनि बन्द भएको र बेलायत सरकारले नेपाललाई रेड लिष्टमा राखेकाले पनि अन्योल भएको हाे । सन्दिप टी २० ब्लास्टका लागि मे को अन्तिम साता बेलायत पुगिसक्नुपर्ने थियो । त्यहाँ गएर १० दिनको अनिवार्य क्वारेन्टि र चरणबद्ध परिक्षण गरेपछि रिपोर्ट नेगेटिभ आएमा टिमसँग जोडिन पाउने थिए । तर अवस्था कठिन भएपछि उनले टी २० ब्लास्टका केहि खेल गुमाउने भएका छन ।

उनले कति खेल गुमाउने भन्ने टुंगोपनि उनको बेलायत जाने प्रक्रिया पुरा भएपछि मात्र थाहा हुनेछ । कोभिडका कारण हाल नेपालमा लकडाउन चलिरहेको छ । विभिन्न देशले आफ्ना नागरिकलाई फ्लाइट चार्टड गरेर लगिरहेको छ । तर सन्दिपलाई चार्टड फ्लाइटमा जानपनि केहि समस्या देखिएको छ । किनकी बेलायत सरकारले रेड लिष्टमा राख्दा त्योपनि कठिन देखिएको हो ।

विश्वका प्रायः सबै फ्रेन्चाइजी लिग खेलेका सन्दिपले अन्तिम पटक बिग ब्यास लिग खेलेका थिए । उनी आइपीएलको यो सिजनको अक्सनमा विक्रि भएका थिएनन् । नेपालका लागि टी २० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी रहेका सन्दिप घरेलु मैदानमा भएको त्रिकोणात्मक टी २० सिरिजमा राम्रो प्रदर्शन गरेका थिए । यस्तैमा जुलाईमा आइसीसी विश्वकप क्रिकेट लिग हुने अहिलेसम्मको तालिका छ । सो प्रतियोगिताका लागि सन्दिप बेलायतमा भएको खण्डमा उतैबाट राष्ट्रिय टिममा जोडिने बताइएको छ । यो प्रतियोगिता युरोपमा नै हुने अहिलेसम्मको तालिका छ ।