अरुलाई होच्याएर म उच्च बन्न चाहान्न : अध्यक्षको प्रत्यासी रोजिना प्रधान राई
लण्डन । एनआरएनए यूकेको चुनाब नजिकिदै गर्दा उम्मेदवारहरुले, विशेष गरेर अध्यक्षको प्रत्यासीहरुले अआफ्नो मुद्धाहरु (एजेन्डाहरु) विभिन्न माध्यम मार्फत सार्बाजनिक गरीरहेका छन् । यसै क्रममा एनआरएनए यूकेको आगमी २०२१—२३ को लागि अध्यक्षको एक मात्र महिला उम्मेदवार रोजिना प्रधान राईले खबर यूकेसंग कुराकानी गर्दै आफ्नो मुद्धाहरु र भावी योजनाहरुबारे छोटकरीमा जानकारी गराएकी छिन् ।
अध्यक्षको प्रत्यासी रोजिनाले बिशेषत— भुतपुर्ब गोरखाहरुको समान पेन्सन र एनआरएनए आइसीसीको प्रमुख मुद्धाहरु मध्ये एक, एनआरएनहरुको नेपाली नागरिकता निरन्तरता सम्बन्धि नै आफ्नो प्रमुख मुध्दा हुने कुरा बताएकी छिन् । यस बाहेक नेपाल हाउसको योजनालाई मुर्त रुप दिने आफ्नो मुख्य योजना रहेको कुरा जानकारी गराएकी छिन् । बिगतका अध्यक्षहरु वा कार्यसमितिले पुरा गर्न नसकेका मुद्धाहरुलाई नै प्राथमिकताका साथ अघि बढाइ ती मुध्दाहरुलाई तार्किक निष्कर्षमा पुर्याउने आफ्नो योजना रहेको कुरा सुनाइन् । त्यस्तैगरी एनआरएनहरुको नेपालमा रहेको सम्पति सुरक्षा सम्बन्धमा सरोकारवाला मन्त्रालय र निकायहरुसंग छलफल गरी सम्पत्ति सुरक्षा सुनिश्चिताको निम्ति आफु लागीपर्ने कुरा जानकारी गराइन् । अर्को, यूकेमा रहेका विभिन्न व्यवसायिक व्यक्तित्वहरु र विज्ञहरुको सीप अनि ज्ञानलाई एकतृत गरेर बेलायतका नेपालीहरुको बृहत्तर सामाजिक अनि आर्थिक बिकासमा कसरी उपयोग गर्न सकिन्छ भनि ध्यान दिइने र सम्भावित कार्ययोजनाहरु तयार गरिने कुरा बताइन् । साथै विज्ञहरुको ज्ञान र सीपलाई नेपालको बिकासमा कसरी उपयोग अनि हस्तन्तरण गर्न सकिन्छ भनि सकेको पहल गरिने कुरा सुनाइन् ।
संस्थाको विधि विधान अन्तर्गत नै रहेर संस्थाको बृहत्तर बिकासमा आफु लागिपर्ने र यसको लागि विभिन्न कार्यायोजना तय गरिने कुरा बताइन् । उहाँले पत्रकार र संचार जगतको कुनै त्यस्ता समस्याहरु वा मुद्धाहरु छन् भने आफ्नो कार्यकालमा गम्भीरताको साथ लिई समस्या समाधान र मागहरु सम्बोधनको लागि आफुले सकेको पहल र मद्धत गर्ने कुरा बताइन् । एकदमै नयाँ केही पनि नभए ता पनि हाल समाधान हुन नसकेको मुद्धाहरुलाई नै प्राथमिकताका साथ अघि बढाउने र तार्किक निष्कर्षमा पुर्याउने आफ्नो योजना रहेको कुरा बताइन् । व्यपार व्यवसायमा आफ्नो अनुभव, सीप र ज्ञानको उपयोग गर्दै एनआरएनए यूकेको लागि दीर्घकालीन आय आर्जनमा आफुले सकेको पहल गर्ने कुरा सुनाइन् ।
“अरुलाई होच्याएर आफु उच्च हुने बानी नरहेको र त्यस किसिमले आफ्नो प्रतिस्पर्धिलाई नहेरेको कुरा बताइन । मानिस भएपछि दुबै सदगुण र अवगुण हुने नै भए, सबै प्रतिस्पधिहरुलाई उच्च सम्मान गर्छु । मिलेसम्म र सकेसम्म साथमा साथ अनि हातमा हात मिलाएर सहकार्य गरी अघि बढ्ने मेरो चाहाना अनि योजना छ”— उनले भनिन् । अहिलेको एकाइसौं शताब्दीमा नारी र पुरुष भनि विभेद गर्नुपर्ने कुनै कारण छैन । मौका मिलेमा महिलाले वा नारीले पनि पुरुष जत्तीकै नेतृत्व गर्न सक्छन् भन्ने कुरा बर्तमान अध्यक्ष पुनम गुरुङ्गले प्रमाणित गरेको तर्फ उनले इंगित गरिन् । सानैदेखि र नेपालदेखि नै समाज सेवामा आफ्नो बिशेष अभिरुची र दृढ संकल्प रहेको र यूकेमा आफ्नै परोपकारी संस्था- रोजिहीरा फाउन्डेसन मार्फत र अन्य विभिन्न सामाजिक संस्थाहरुसंग आबद्ध भएर थुप्रै सामाजिक सेवाहरु गरिसकेको र गरिहेको कुरा अवगत गराइन् । उनले आगमी २०२१—२३ का लागि आफुलाई अध्यक्षमा अत्यधिक भोट दिनुभइ बिजयी गराउनुहुन यूकेबासी नेपालीहरुलाई अनुरोध गरेकी छिन् । यदि यहाँहरुको भोट र साथ मिलेमा अवश्य पनि यहाँहरुको अमुल्य भोटलाई खेर जान नदिने उनले प्रतिबद्धता गरेकी छिन् ।
(श्रीमती राईसंग खबर यूकेले गरेको कुराकानीको आधरमा)