यूकेका लागी नेपाली राजदूतले नै माल्टा र आयरल्याण्ड पनि हेर्ने

कृष्णप्रसाद शर्मा, १० जेठ लण्डन ।

बेलायतका लागी नेपाली राजदूत लोक दर्शन रेग्मीलाई थप जिम्मेवारी दिईएको छ । सम्माननिय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारी द्वारा नेपालको संविधान धारा २८२ को उपधार (१) बमोजिम रेग्मीलाई आईतबार माल्टा र आयरल्याण्ड दुबै देशका लागी राजदूतको रुपमा नियुक्त गर्नुभएको लण्डन स्थित नेपाली राजदूताबासले जानकारी गराएको छ ।

त्यस्तै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूतमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

आयरल्याण्ड र माल्टामा रहेका नेपालीहरूले आफ्ना राहदानी वा नेपाल सरकार संग सरोकार भएका आफ्ना अन्य कागजात बनाउनका लागी लण्डन स्थित नेपाली दूताबास मार्फत गर्ने छन् ।

माल्टामा लामो समय देखी बस्दै आएका बागलुङका हिमाल शर्माले यो नियुक्तिको खबरले आँफुहरू खुशी भएको र सेवा पाउन सहज हुने बताउनु भयो ।