१९औ गोरखा कप २०२१ को लागि भेटरान र युथ दुबै समुहको टिम दर्ता सम्पन्न (टिमहरुको सुची सहित)

लण्डन । १९औ गोरखा कप २०२१ को लागि भेटरान र युथ दुबै समुहको टिम दर्ता सम्पन्न भएको कुरा तमु धी यूकेको सल्लहकार तथा १९औ गोरखा कप २०२१ को टिम दर्ता संयोजक सहारा यूकेको अधक्ष्य कुमार गुरुङले खबर यूकेलाई जानकारी गराउनुभयो । उहाले दर्ता भएको टिमहरुको सुची खबर यूकेलाई उपलब्ध गराउनुभयो । टिम इन्ट्रीको पहिलो हप्तामै भेटरान र युथ दुबैतर्फको टिम दर्ता पुरा भइसकेका छन । भेटरान तर्फ ८ वटा टिमहरु र युवा (यूथ)तर्फ 32 वटा टिमहरु सबैले आफ्नो टिम दर्ता गराइसकेका छन ।

हङकङ र यूरोपबाट टिमहरु सहभागी हुने गरेको भएपनि यसपाली कोभिडको कारण हङकङबाट टिम सहभागी हुन नसक्ने तर बेल्जियम र होल्याण्डका एक एक टिमले दर्ता गराइसकेको कुरा संयोजक गुरुङले अबगत गराउनुभयो । टिम दर्ताको समय आगामी जुलाई १० तारिख सम्मलाई समयसिमा तोकेपनी अहिले नै सबैले दर्ता गराइसकेको कोरा सन्योजक गुरुङले जानकारी गराउनुभयो ।

गोरखा कपमा भेटरान (चालिस बर्षदेखी माथिका) र युवा (युथ) १८ बर्षदेखी ३९ बर्षसम्मकोलाई गरेर दुई समुहमा खेलहरु लिग तथा नक आउट आधारमा खेलाइन्छ । प्रतियोगिताको युथ तर्फको प्रथम पुरुस्कार २५०० पाउन्ड र दित्तिया पुरुस्कार १५०० पाउन्ड रहेका छन भने भेटरान तर्फको पहिलो पुरुस्कार १२०० पाउन्ड र दोस्रो पुरुस्कार ८०० पाउन्ड नगद रहेको छ । साथसाथै बिजयी खेलाडिहरुले प्रमाणपत्र र मेडल (तक्मा) पनि प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी र सर्बोत्तम गोल स्कोररलाई पनि पुरुस्कार दिइनेछ ।

टिमहरुको उदघोष तथा ड्र (टाइसिट) आगामी जुलाई १८ तारिख पत्रकार सम्मेलन मार्फत गरिनेछ ।

दर्ता भएका टिमहरु यस प्रकार छन-