एट्लेटिको म्याड्रिड ला लिगा च्याम्पियन, रियल म्याड्रिड र बार्सिलोना अन्तिम खेलहरुमा जीत

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा २०२०-२१ फुटबलको उपाधि जितेको छ । शनिबार भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै एट्लेटिकोले सात वर्षपछि ला लिगाको उपाधि जितेको हो । भालाडोलिगको मैदानमा भएको खेलमा एट्लेटिकोले पुनरागमन जित निकाल्यो । एट्लेटिकोले भालाडोलिडलाई २–१ ले पराजित गरेको हो ।

खेलको १८औँ मिनेटमा भालाडोलिडका लागि ओस्कार प्लानोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एट्लेटिकोले दोस्रो हाफमा दुई गोल गर्‍यो । खेलको ५७औँ मिनेटमा एन्जल कोरेयाले एट्लेटिकाका लागि बराबरी गोल फर्काए । ६७औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई २–० को जित दिलाए ।

जितसँगै एट्लेटिकोले सन् २०१४ पछि पहिलोपटक ला लिगाको उपाधि चुमेको हो । एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्यो । पराजित भालाडोलिडले ३१ अंक जोड्यो । भालाडोलिड रेलिगेसनमा परेको छ ।

रियल म्याड्रिड र बार्सिलोनाले पनि सिजनको अन्तिम खेलहरु जीते

त्यस्तै रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलअन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले भिल्लारियललाई २–१ ले पराजित गरेको हो । रियलको अस्थायी मैदानमा भएको खेलमा भिल्लारियलले सुरुवाती अग्रता बनाएको थियो । भिल्लारियलका लागि खेलको २०औँ मिनेटमा एरेमि पिनोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको रियलले दोस्रो हाफमा दुई ग¥यो । खेलको ८७औँ मिनेटमा बेन्जिमाले रियलका लागि बराबरी गोल फर्काए । इन्ज्युरी समयमा लुका मोड्रिचले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

जितसँगै रियलले सिजनको सुखद अन्त्य गरेको छ । लिगमा ३८ खेल खेलेको रियलले ८४ अंक जोड्यो । रियल अंकतालिकाको दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको हो । पराजित भिल्ला रियलले ३८ खेलबाट ५८ अंक जोड्यो ।

त्यस्तै बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत सिजनको अन्तिम खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रेलिगेसनमा गएको इबरलाई १–० ले पराजित गरेको हो ।

इबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनी ग्रिजम्यानले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल गरेको हो । खेलको ८१औँ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाका लागि गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले लिगमा ३८ खेलबाट ७९ अंक जोड्यो । बार्सिलोना तालिकाको तेस्रो स्थानमा रह्यो । पराजित इबर ३० अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।