ज्ञानेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन
ललितपुर । नेपालीे इसाई मण्डली (नेइम) ज्ञानेश्वर चर्चका वरिष्ठ पास्टर रोबर्ट कार्थकको ९५ वर्षको उमेरमा निधन हुनुभएको कुरा फेडरेसन अफ नेसनल क्रिस्चियन नेपाल यूकेको सदभाब दुत दिपा गुरुङ राइले खबर यूकेलाई जानकारी गराउनु भयो । नेइम चर्च गंगबुका पास्टर वर्णवास श्रेष्ठका अनुसार उहाको आज मंगलबार विहान ३ः१५ बजे ग्वार्कोस्थित विएण्डवि अस्पतालमा उपचारको क्रममा निधन हुनुभएको हो । कार्थकको करिव एक हप्तादेखि ग्वार्कोस्थित विएण्डवि अस्पतालमा उपचार गराइरहेको थियो । कोरोनाको कारण नभइ आफ्नै कालगतिले निधन भएको कुरा आस्पातल श्रोतले जानकारी गराएको छ । उहाको पिसिआर रिपोर्ट नेगिटिभ आएको छ ।
पास्टर रोबर्ट कार्थकलाई विश्वभरका नेपालीभाषी इसाईहरुले एक अभिभावकरुपमा मान्ने गर्दथे । उहाँको निधन पछी नेपालीभाषी चर्चका पास्टर अगुवाहरुले उहाँलाई नेपालीभाषी इसाईहरुले सधैं ने एक युग पुरुषको सम्झना गरिरहने प्रतिक्रिया दिएका छन् । ख्रीष्टियान परिवारमा जन्म भएता पनि पास्टर कार्थकले २१ वर्षको यूवा अवस्थामा येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताकोरुपमा ग्रहण गर्नु भएको थियो । शुरुताका उहाँ कालिङपोङपस्थित प्रेस विटिरियन चर्चमा सेवा गर्नुहुन्थ्यो । सन् १९६० को दशकमा नेपालमा आई १९६६ मा डिल्लीबजारको संगतिमा पवित्र आत्माको बप्तिस्मा पाएपछि मात्र जीवनमा नयाँ जोश र शक्ति पाप्त गरेको कुरा केही वर्ष अघि यो संवाददातासँगको कुराकानीमा उहाँले बताउनु भएको थियो ।
स्वर्गीय पास्टर कार्थक नेसनल चर्चेज फेलोसिप अफ नेपाल(एनसीएफ नेपाल)को दोस्रो अध्यक्ष भएर दस वर्षसम्म एनसीएफ नेपाललाई नेतृत्व गर्नु भएको थियो । यसैगरि एनसीएफ नेपालले एक वक्तव्य प्रकासन गर्दै एनसीएफ नेपालले आफ्नो अभिभावक गुमाएको भन्दै आजबाट एक हप्ता कार्यलाय वन्द गर्ने र यस अन्तर्गतका कुनै पनि कार्य सम्पादन नगर्ने नगराउने जनाएको छ ।
पास्टर श्रेष्ठको अनुसार छिट्टै नेइम चर्च कार्यकारिणी समितिको वैंठक बसी स्वर्गिय पास्टरको अन्तिम संस्कारको लागि योजना गरिने र त्यसै अनुरुप दाह संस्कार गरिने कुरा बताउनु भयो । श्रोतका अनुसार विएण्डवी अस्पतालमा उचारकाक्रममा उहाँले केही गरि मलाई प्रभुले यही अवस्थामा उठाउनु भयो भने मेरो विश्रामपछि श्रद्धाञ्जली सभाको आयोजना गरेर मेरो प्रशंसा नगर्नु भनेर परिवारजनलाई अन्तिम संदेश दिनु भएको बताईएको छ ।
स्वर्गीय पास्टर कार्थकको जन्म सन् १९२६ जनवरी १० तारिखका दिन आमा स्व.पे्रमकिथ लेप्चा र वुवा स्व.रिबु कार्थकको दस सन्तानमध्येका एक सन्तानकोरुपमा भारतको कालिङपोङमा भएको थियो । उहाँका वुवा आमाको दस जना छोराछोरी थिए । पास्टर कार्थक मात्र अन्तिम जिवित सन्तानकोरुपमा हुनुहुन्थ्यो ।