तमु धी यूकेले पनि गण्डकी प्रदेशलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै
लण्डन । बेलायतमा परोपकारी संस्थाको रुपमा अग्रणी स्थानमा रहेको गुरुङहरुको (तमुहरुको) सबै भन्दा ठुलो संस्था- तमु धी यूकेले पनि नेपालमा हाल बिद्यामान स्वास्थ्य संकटलाई मनन गर्दै प्रदेश नम्बर ४- गण्डकी प्रदेशलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्नेभएको छ र यसको लागि पहल भइरहेको कुरा तमु धि युके अधक्ष्य श्री हित काजी गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । अधक्ष्य गुरुङका अनुसार सकेसम्म यही हप्ता चार्टर फ्लाइट मार्फत सन्कलित आर्थिक सहयोगबाट अक्सिजन कन्सन्ट्रेटर किनेर नेपाल पठाउने योजना भैरहेको कुरा अबगत गराउनुभयो ।
नेपालमा अहिले अक्सिजन कन्सन्ट्रेटर जस्ता स्वास्थ्य उपकरणहरु बढी प्रभाबकारी र उपयोगी हुने देखिएकोले यी उपकरणहरु किनेर जतीसक्दो चाँडै नेपाल पठाउने तयारी गरिरहेको कुरा जानकारी गराउनु भयो । हाल संस्थाले आर्थिक सहयोग रकम जम्मा गरिरहेको र आगामी मे २९ तारिख भित्र सबै सहयोग रकम जम्मा गरी अक्सीजन कन्सन्ट्रेटर किनेर जतीसक्दो छीट्टो नेपाल पुर्याउने प्रयास भैरहेको कुरा बताउनुभयो ।
स्मरण रहोस्- नेपालमा हुने प्राय आपत बिपतमा तमु धी यूकेले सहयोग गर्दै आइराखेको छ । महाभुकुम्प देखी पोहोर सालको लकडाउनको समयमा तमु धी यूकेले गण्डकी प्रदेशलाई स्वास्थ्य सामग्री र अक्सिजन मेशिन उपलब्ध गराएको थियो । “सामन्य समयमा त सबैले अआफ्नो सुख दु:ख गरेर जिउछन, साथ र सहयोग गर्ने भनेको यस्तै समयमा हो । यस्तै समयमा मध्दत गर्न सक्यौ भने मात्र संस्थाको अर्थ अनि महत्व रहन्छ ।” अधक्ष्य गुरुङले भन्नुभयो । उहाँले भन्नुभयो- “दुख परेको बेला सहयोग गर्न तमु धी यूके र म ब्यक्तिगत रुपमा सधैं तत्पर छु” ।