
तमु धीं युकेको ह्याम्पसायर–सरे एकाईको अध्यक्षमा महेन्द्र गुरुङ निर्बाचित
मिचेट । तमु धीं युकेको मिचेट स्थित आफ्नै भवनमा हिजो मिति २०२५ साल सेप्टेम्बर १८ तारिख बिहिबार सम्पन्न अधिबेसनले तमु धिं युकेको ह्याम्पसायर–सरे इकाईले महेद्र गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नव निर्वाचित अध्यक्षमा श्री महेन्द्र गुरुङ, उपाध्यक्षमा विजय गुरुङ, सचिव सोम गुरुङ, कोषाध्यक्ष सञ्जय गुरुङ, युवा संयोजक संगम घले तथा सदस्यहरू अमित गुरुङ, जापान गुरुङ र कृपा गुरुङ चयन हुनुभएको छ ।
कार्यक्रममा तमु धीं युकेका महासचिव डा. बिशाल गुरुङले नयाँ कार्यसमिति घोषणा गर्नुभएको थियो । सो अवसरमा तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई दिनुभयो । साथै अध्यक्ष जुम काजी गुरुङले निर्वतमान अध्यक्ष उत्तर बहादुर गुरुङ र उहाँको कार्यसमितिलाई पनि आभार प्रकट गर्नुभयो।
इतिहासमै विशेष मानिएको उक्त कार्यक्रममा तमु धीं युकेका पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ र ग्याम गुरुङ, ट्रस्टी सूर्य गुरुङ, तमु फोरम युकेका निर्देशक क्याप्टेन राजु गुरुङ, ह्याम्पसायर–सरेका निर्वतमान अध्यक्ष उत्तर बहादुर गुरुङ, सल्लाहकार ले. मुत्तिजंग गुरुङ, महासचिव डा. बिशाल गुरुङ, सचिव विमल गुरुङ, युवा नेता तथा एनआरएनए इंगल्याण्डको निबर्तमान अध्यक्ष एल.बी.जेड. गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष महेन्द्र गुरुङले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै तमु धीं युके र ह्याम्पसायर–सरे इकाईको उन्नति र प्रगतिमा समर्पित रहने प्रतिबध्दता ब्यक्त गर्नुभयो । उहाँ विगत लामो समयदेखि तमु धीं युके, कोल्मा बाहाकोट समाज, राँगभाँग समाज युके, स्याङ्जा जिल्ला समाज, एनआरएन युके लगायत विभिन्न संघ–संस्था र सामाजिक क्रियाकलापमा सक्रिय रहनुभएको छ ।
ह्याम्पसायर–सरे इकाईको यो पाँचौँ कार्यसमिति हो । एकाईमा यसअघि नन्द जंग गुरुङ, ले. यादव गुरुङ, जुम काजी गुरुङ र उत्तर बहादुर गुरुङ अध्यक्ष भइसकेका छन् ।



