रिडीङ बुद्धिष्ट गुम्बा युकेको “प्रज्ञापारमिता अनुष्ठान कार्यक्रम” जारी

रिडीङ यूके । बुद्धिस्ट गुम्बा रिडीङ यूकेले गुम्बाका मूलगुरु श्रद्धेय खेन् रिम्पोछे शीर लामा गुरुको अगुवाइमा ८ जना दक्ष गुरुहरुबाट गत सेप्टेम्बर २ तारीखदेखि ८ तारीखसम्म भगवान बुद्धको बचन १६ ठेलीको प्रज्ञापारमिता (ह्यूंपति) बाचन कार्यक्रम संचालन गरीरहेको छ ।

२ सेप्टेम्बर २०२४ पहिलो दिनमा गुम्बाका मूलगुरु सहित सम्पूर्ण गुरुहरुको बाचनका बीच सो दिनको मुख्य अथिति प्रज्ञापारमिता पुस्तक दाता मेजर्नी श्रीमती यौमाया गुरुङज्यूले स्वर्गीय पति गो.मे. प्रताप सिं गुरुङ्गको स्मृतीमा बत्ती बालेर शुरु गरिएको थियो । गुम्बाका अध्यक्ष ई. श्री खेम बहादुर गुरुङ्ग, महासचिव श्री कमल कोने गुरुङ्ग, उपाध्यक्ष श्री कृष्ण गुरुङ्ग, श्री नर बहादुर गुरुङ्ग, श्रीमती रजनी गुरुङ्ग, में. बुद्धि बहादुर गुरुङ्ग, श्री चन्द्रमान गुरुङ्ग, श्रीमती राधा गुरुङ्ग, सम्पूर्ण ट्रस्टी ज्यूहरु, कार्यसमिति, आमा समूह लगायत सयौ भक्तजनहरुको उपस्थितिमा ह्यूम पोस्ती बाचन शुरु हुंदा सम्पूर्ण भक्तजनहरु र सम्भोटा लिपीमा दक्ष आमाहरुले बाचनकार्यमा गुरुहरुलाइ प्रज्ञापारम्ताका भागहरु पढी सहयोग गरेका थिए ।

गुम्बाका आमाहरुले चुस्त रुपमा गुरुहरु लगायत उपस्थित भक्तजनहरुलाई चिया, पानी, खाजा, खाना र प्रसादको राम्रो व्यवस्था गरेको थियो भने स्वंयसेवकहरु कार पार्क र अन्य व्यवस्थापन कार्यमा खटीएर कार्यक्रमलाइ व्यवस्थित गरेका थिए ।

रिडीङ बुद्धिष्ट गुम्बा युकेका महासचिब कमल क्वोंने गुरुङले सात दिनसम्म दैनिक छुट्टाछुटै मुख्य अथितिबाट चाँदीको पानसमा बत्ती बालेर पुजा शुरुवात गरिने कुरा खबर युकेलाई जानकारी गराउनु भएको छ । दोस्रो दिनका मुख्य अथिति ९६ वर्षकी श्रीमती लक्ष्मी गुरुङ्ग (चौरासी बजै), त्यस्तै गरी क्रमशः बरिष्ठ ट्रस्टी ले. जस बहादुर गुरुङ्ग, मेजर्नी राम कुमारी गुरुङ्ग, मेजर उदय बहादुर गुरुङ्ग ःद्यभ्, तमू धी यूकेका पूर्व अध्यक्ष श्री कमल गुरुङ्ग र अन्तिम दिन ८ सेप्टेम्बरका दिन बुद्धिस्ट कम्यूनिटी सेन्टर अल्डरसटका अध्यक्ष श्री हर्क गुरुङ्ग मुख्य अतिथि रहेकोछ ।

पत्र, भाइवर, लगायत सामाजिक संजालबाट बेलायतमा रहेका सम्पूर्ण भक्तजनहरुलाई उक्त अनुष्ठानमा उपस्थित भई भगवान बुद्धको बचन श्रवण गरी पूण्य लाभ लिन गुम्बाले आव्हान गरी रहेको छ । समय मिलाएर स्थानिय र केही टाढाबाट पनि भक्तजनहरु आएर गुम्बा दर्शन गरीरहेको, दान पूण्य गरिरहेको र पछिल्लो २ दिन शनिवार आइतवार परेकोले संघसंस्था र गुम्बाहरुबाट प्रशस्त भक्तजनहरु उपस्थित हुने वा अपेक्षा रहेका र सोही बमोजिम तयारी भइसकेको कुरा आयोजक संस्थाले जानकारी गराएको छ । बाहिर २ वटा ठूला टेन्टहरु राखेर भक्तजनहरुलाइ बस्ने कुर्सीहरु र छेउमा बत्ती बाल्ने ठाउँ व्यवस्था गरेको छ । त्यस्तै कार्यक्रम अवधिभर चिया, पानी, खाजा, खाना सेवाहरु निरन्तर दिइरहेको छ । बेलायत बासी सम्पूर्ण भक्तजनहरुलाइ यो अनुष्ठानमा उपस्थित भइ पूण्य आर्जन गर्न पनि अनुरोध गरेकोछ ।

अप्रिल २१, २०१८ मा स्थापना भई २२ महिना अगाडी गुम्बा घर खरिद गरी गत १५ महिना अगाडीबाट संचालनमा आएको बुद्धिस्ट गुम्बा रेडींग यूकेले पहिलो पल्ट आफ्नै गुम्बा भवनमा “प्रज्ञापारमिता अनुष्ठान” गरेको तर यो भन्दा पहिला पनि बिश्व प्रसिद्ध गुरुहरुबाट अनुष्ठान, प्रवचन र वाड कार्यक्रमहरु गरिरहेका छन् भने बेलायतका सयांै भक्तजनहरुलाई अनवरत सेवा दिंदै आइरहेकोछ । यी सबै पुण्य कार्यक्रमहरुको श्रेय मूलगुरु खेन् रिन्पोछे शीरलामा गुरु लगायत अन्य गुरुहरु, ट्रस्टीहरु, कार्यसमिति, आमासमूह, संवसंसेवकहरु, चन्दा दाताहरु, पत्रकारहरु र शुभ चिन्तकहरुलाई जान्छ । यहाहरु सम्पूर्ण प्रति बुद्धिस्ट गुम्बा रेडींग यूके आभार व्यक्त गर्दछौं ।