नेपाल ब्रिटेन उत्कृष्ट १०बाट सम्मानित भए कमल क्वोने (घोताने) गुरुङ

लण्डन । बेलायतबाट सञ्चालित चर्चित नेपाली अनलाइन समाचार पोर्टल नेपालब्रिटेन डटकम १७औं बर्ष प्रबेश गरेको उपलक्ष्यमा वार्षिकउत्सब मनाउदै बेलायतमा रहेका बिभिन्न सामाजिक संघसंस्था तथा सामाजिक ब्यक्तित्वहरुलाई पुरस्किृत गरेका छन । यिनै १० उत्कृष्ट ब्यक्तित्वहरु मध्ये एक कमल क्वोने (घोताने) गुरुङलाई मिडिया पर्सनालिटी अफ द इयर- २०२४ को उपाधिबाट सम्मान गरिएको छ ।

को हुन कमल क्वोने (घोताने) गुरुङ ?

बेलायतको नेपाली समुदयामा परिचित नाम हुन– कमल क्वोंने गुरुङ । पुख्र्यौली घर नेपालको कास्की जिल्ला धम्पुस गाउँ स्थायी घर भई पोखरा – हङकङ हुँदै सन् २००९ साल देखि बेलायतमा बसोबास गरिरहेका कमल सफल ब्यवसायी अनि अग्रज समाजसेवी हुन् । नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र अल्डसटमा कमल क्वोंनेको चाइना ओरेन्टल नामको ठुलो सुपर मार्केट छ, सम्भवतः बेलायतमा नेपालीहरुले संचालन गरेको सबैभन्दा ठुलो सुपर मार्केट हुनुपर्दछ ।

हङकङमा रहेको बेला कन्सट्रक्सनमा (निर्माण क्षेत्रमा) सुपरभाइजर रहेको बेला थुप्रै नेपालीहरुलाई जागीर लगाईदिने देखि बिभिन्न सामाजिक संघ संस्थामा अबद्ध भएर सामाजिक कार्यमा सकृया थिए, गुरुङ । यसै सामाजिक कार्यलाई बेलायतमा निरन्तरता दिईरहेको छ । पछिल्लो समय कमलले सामाजिक कार्यमा आफ्नो स्थान अनि नाम उच्च स्थानमा राख्न सफल भएका छन् । बेलायतको सबैभन्दा ठुलो जातिया संस्था तमु धिं युकेको उपाध्यक्ष हुन भने अर्को ठुलो धार्मिक संस्था रिडीङ गुम्बा युकेका महासचिब हुन् । त्यस्तै खेलकुद क्षेत्रको अग्रनी संस्था सहरा युकेको पनि उनी सकृय सदस्य हुन् ।

कमलको प्रमुख भुमिका भनेको बेलायतमा नेपालीहरुको ठुलो कार्यक्रमहरु– नेपाली मेला र गोरखा कपका खम्बा हुन् । यी कार्यक्रमहरुमा व्यवसायीहरुसंग समन्वय गरेर व्यपार प्रबद्र्धनमा उनको ठुलो भुमिका रहने गर्दछ । उनैले गर्दा व्यवसायीहरुलाई बजार प्रबद्र्धनमा ठुलो सहयोग मिलेको छ भने आयोजक संस्थालाई धेरै आर्थिक फाइदा भएका छन् । तमु धिं युकेले बर्षेनी आयोजना गरिने यी दुई ठुला कार्यक्रमहरुमा कमलकै नेतृत्वमा धेरै संख्यामा व्यपारीहरु मेलामा सहभागी हुने गर्दछन् ।

कमलको नेतृत्व र समन्वयमा निम्न उल्लेखित सामाजिक तथा परोपकारी कार्यहरु सफलता पुर्बक सम्पन्न भएका छन्-

  • सन् २०१४ मा आफ्नो जन्म भुमी धम्पुस गाउँमा रहेको उदय स्कुलको पुनः निर्माण वा मर्मत सम्भारको लागि धम्पुस समाज युकेको नेतृत्वमा नेपालबाट प्रख्यात कलाकार राजु लामा, मिलन लामा र डान्सर तेरिया मगरलाई युके ल्याई रात्रीकालीन परोपकारी भोज आयोजना गरी नेपाली रुपयाँ ३० लाख संकलन गरी पहार ट्रस्ट नेपालको सहयोगमा उदय स्कुलको भवन पुनः निर्माण गर्न अधिक मात्रामा आर्थिक सहयोग गरे ।
  • सन् २०१५ को बिनासकारी महाभुकम्पको समयमा बेलायती सेनामा कार्यरत गोरखाली सेनाहरुसंग समन्यव गरेर लता कपडा देखि दैनिक आबश्यक सरसमानहरु (राहतको सामानहरु) सेनाकै जहाज मार्पmत नेपाल पठाएर सहयोग गरे ।
  • सन् २०१७ मा “बगर भाईखलक पोखरा”को लागि खेलकुद कार्यक्रम आयोजना गरेर सकेको आर्थिक सहयोग गरे । पोखरामा भेटरानहरुका फुटबल प्रतियोगीता गर्न र पुरुस्कारको प्रायोजन गरे । त्यस्तै, कमलकै नेतृत्वमा सन् २०२३ मा बगर भाइखलक पोखरालाई गोरखा कप २०२३ मा खेलाउन युके ल्याउन सहयोग गरे । बगर भाईखलक पोखराको लागि कमलले आवश्यक सरसल्लाह तथा सुझाब निरन्तर दिईराखेको हुन्छ ।
  • सन् २०१८ मा भुपु खेलाडी मंचको लागि संयोजकको भुमिका निर्बाह गर्दै ठुलो मात्रमा संस्थालाई धनराशी (आर्थिक रकम) सहयोग गर्न सफल ।
  • सन् २०१९ मा रिडीङ गुम्बाको लागि बुद्धको मुर्ती किन्न र गुम्बाको लागि आवश्यक सामाग्रीहरु किन्न ठुलो आर्थिक रकम उठाउन सफल । यस कार्यक्रमका लागि कमलकै नेतृत्वमा नेपालबाट चर्चित गायिका आनी छोयोङलाई बेलायत ल्याइएको थियो ।
  • सन् २०२३ मा रिडीङ गुम्बाको परोपकारी रात्रीभोका लागि चर्चित गजलकार तथा गायक– राज सिग्देल अनि तिलक सिंह पेलालाई बेलायतमा ल्याई गुम्बाको लागि धेरै चन्दा संकलन गरे ।
  • त्यस्तै सन् २०२३ मा सहरा युकेको नेतृत्वमा नेपाली टिम र इंगल्याण्ड सी बिच भएको खेलमा प्रमुख भुमिका निर्बाह गरे ।
  • सफल पोखरा म्याराथनको पहिलो संस्करणको लागि उनी बेलायतको संयोजक थिए । उनी हाल एन्फा युकेको दुत अर्थात एम्बासीडोर पनि हुन् ।

यी बाहेक कमलले सानातिना सहयोगहरु अधिक मात्रामा गरेका छन् । आफुले सकेको सहयोग गर्न कमल कहिल्यै पछि पर्दैनन् । हङकङबाट युके आएपछि शुरुमा उनले अल्डरसटमा एभरेष्ट मनी एन्ड हिमालयन ट्राभल भन्ने व्यपार संचालन गरे त्यस पछि उनले वेयनमथमा गोरखा बफेट भन्ने रेष्टुरन्ट संचालन गरे । सन् २०२० साल यता (कोभिड पछि) उनी चाइना ओरेन्टल सुपर मार्केट संचालन गर्दै आईरहेका छन् ।
व्यपार व्यवासायसंगै कमल थुप्रै सामाजिक संघसंस्थाहरुमा विभिन्न पदाधिकारीको भुमिका निर्बाह गर्दैछन् । हङकङमा हुँदा उनी हङकङ तमु ट्हो ह्युलाको सचिब थिए भने हाल तमु धिं युके, क्वोंने (घोताने/घोन्डे) गुरु समाज युके, धम्पुस समाज युके, रिडीङ गुम्बा युके, साहारा युके, बगर भाइखलक पोखरा जस्ता सामाजिक संस्थाहरुसंग आबद्ध छन् । उनको सामाजिक कार्यको प्रशंसा गर्दै उनलाई साहारा युकेले “सहारा पुरुस्कार”बाट पुरस्किृत पनि गरेको छ ।