१४औ नेपाली मेला-२०२३ भब्य रुपमा सम्पन्न : किराँत राई यायोक्खा बेलायतले जित्यो एम्बेसिडोर कप

फोटो सौजन्य- एभरेस्ट मिडिया

केम्पटन पार्क, लण्डन । “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने नाराका साथ तमु धिं यूकेले हरेक बर्ष आयोजा गर्दै आइरहेको १४औ नेपाली मेला-२०२३ भब्य रुपमा सम्पन्न भएको छ । बेलायतको लागि नेपाली राजदुत महामहिम श्री ज्ञान चन्द्र आचार्यको प्रमुख अथित्यमा सम्पन्न मेलामा यस बर्षको एम्बासीडोर कप तथा एनआरएनए कप-२०२३ किराँत राई यायोक्खा बेलायतले जितेको छ ।

तमु धिं यूकेको अधक्ष्य हरि गुरुङ र उपाधक्ष्य तथा नेपाली मेला- २०२३को संयोजक पर्शुराम गुरुङले दिप प्रज्वलन गरी मेलाको औपचारिक उध्दघाटन गरेको थियो भने मेलाको प्रमुख अथिति नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्य, गैर आवसीय नेपाली संघ केन्द्रको अध्यक्ष कुल आचार्य, गैर आवसीय नेपाली संघ यूकेको नव निर्बाचित अधक्ष्य तथा तमु धि यूकेका निबर्तमान अध्यक्ष हित काजी गुरुङ लगायत तमु धि यूकेका संस्थापक अध्यक्ष तथा भुपु अध्यक्षहरुद्वारा संयुक्त रुपमा रिबन काटेर मेलाको समुध्दघाटन गरिएको थियो । लगत्तै नेपाल र बेलायतको राष्ट्रिय गान बजाएर मेलाको औपचारिक सुरुवात गरिएको थियो ।

समुदघाटन लगत्तै झाँकी प्रदर्शन गरेको थियो । झाँकीमा बेलायत स्थित थुप्रै संघसंस्थाहरुले भाग लिएका थिए । सधैंको जस्तो यस पटकको साँस्कृतिक झाँकीहरु पनि ज्यादै आकर्षक थिए । बिशेष गरेर प्रथम हुने समाज किराँत यायोक्खा बेलायतको र घान्द्रुक समाज यूकेको झाँकी एकदमै आकर्षक थियो जसमा किराँत यायोक्खा बेलायतले यलम्बर राजा सम्बन्धि र राईहरुको पुर्ख्यौली प्रचलनबारे आकर्षक झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै दोस्रो हुने घान्द्रुक समाज यूकेले गुरुङहरुको मृत्‍यु पस्चात गरिने अर्घौ सम्बन्धि र गुरुङहरुको दैनिकी कार्यहरुहरु प्रदर्शन गर्ने ज्यादै मनोमोहक झाँकी प्रस्तुत गरेको थियो । मेलामा पासा पुछ: गुठी यूके र स्याङ्जा समाज यूके लगयात अन्य नेपाली समाजहरुले पनि उत्तिक्कै राम्रा झाँकीहरु प्रस्तुत गरेका थिए ।

झाँकी प्रदर्शन सकिए लगत्तै नृत्य प्रतियोगिता आयोजना गरेको थियो । नृत्य प्रतियोगितामा पनि समाजहरुले एकदमै राम्रो नाचहरु प्रतुत गरेका थिए, जसमा प्रथम हुने घान्द्रुक समाज यूकेको नाच उत्कृष्ट थियो, घान्द्रुक समाज यूकेले मन्चमै गाएर समाजका कलाकारहरुले सर्बोत्तम नृत्य प्रस्तुत गरेका थिए । नृत्यतर्फ किराँत राई यायोख्खा यूके दोस्रो र पासा पुछ: गुठी यूके तेस्रो भए । किराँत राई यायोख्खाले धान नाँच र पासा पुछ: गुठी यूकेले कुमारी नाच प्रस्तुत गरेका थिए ।

१४औ नेपाली मेला-२०२३ को एम्बेसिडोर कप र एनआरएनए यूके कप किराँत राई यायोक्खा यूकेले पहिलोचोटी जित्न सफल भएको छ भने गत बर्षको बिजेता घान्द्रुक समाज यूके यस पटक उपबिजेता बन्यो, त्यस्तै पासा पुछ: गुठी यूके तेस्रो भयो । बिजेता किराँत राई यायोख्खा यूकेले नगद ११०० पाउण्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्‍यो । दोस्रो घान्द्रुक समाज यूकेले नगद ७०० पाउण्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्‍यो भने तेस्रो हुन सफल भएको पासा पुछ: गुठी यूकेले नगद ५०० पाउण्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्‍यो । त्यस्तै झाँकीमा दुई सय पाउण्ड नगद पुरुस्कारसहित तामाङ समाज यूके, तमु समाज यूके र स्याङ्जा समाज यूकेले सांन्त्वना पुरुस्कार प्राप्त गरे । झाँकी तर्फ सांन्त्वना किराँत याक्थुङ चुलुङ र चार भञ्ज्याङ तमु समाज यूकेले प्राप्त गरे । बिजेता संस्थाहरुलाई प्रायोजकहरु वा उहाँहरुको प्रतिनिधिहरुले पुरुस्कार प्रदान गरेका थिए । झाँकीको निर्णायकहरु- बिक्रम गुरुङ, माओत्से गुरुङ, तारा बहादुर गुरुङ, डा प्रमोद कोई राई हुनुहुन्थ्यो भने नृत्यका निर्णायकहरु- कबिता घर्तीमगर गुरुङ, बालकाशी गुरुङ, रजनी गुरुङ हुनुहुन्थ्यो ।

कार्यक्रममा तमु धि यूकेका उपाध्यक्ष तथा नेपाली मेला २०२३का संयोजक पर्शुराम गुरुङले उपस्थित सबैलाई स्वागत मन्तब्य दिनुहुँदै उपस्थित अथितीहरुलाई, प्रायोजकहरुलाई र मेलालाई प्रतक्ष्य अप्रतक्ष्य सहयोग गर्नुहुने महानुभाबहरुलाई र उपस्थित सबैलाई धन्य्बाद दिनुभएको थियो । त्यस्तै एनआरएनए केन्द्रको अध्यक्ष कुल आचार्यले एनआरएनए नागरिकतादेखी एनआरएनहरुको श्रीसम्पत्तिको सुरक्षा तथा उपोभोग गर्न पाउने अधिकार सुरक्षित गर्न एनआरएनए प्रतिबध्दता रहेको कुरा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मेलाको प्रमुख अथिती यूकेको लागि नेपाली राजदुत महामहिम राजदुत श्री ज्ञान चन्द्र आचर्यले नेपाली मेला बिगतको भन्दा झन भब्य र राम्रो हुँदै आएको छ, बहु-भाषा र बहु-साँस्कृति भएको देश नेपाल, हाम्रो संस्कार संस्कृतिलाई अब युवा पुस्तालाई पनि पुस्तान्तरण गर्नुपर्छ भनी जोड दिनुभयो । त्यस्तै, आयोजक संस्था; तमु धिं यूकेको अधक्ष्य हरि गुरुङले- हरि बुढामगर र दिया पुन जस्ता सहाशी सपुत तथा सुपुत्री जन्माउने नेपाल आमाको बयान गर्नुहुँदै बहु-भाषा र बहु-साँस्कृति भएको देश नेपालप्रति गौरब गर्नुभयो र नेपाली मेला यिनै भाषा संस्कृतिलाई जोगाउन गरिएको एउटा सानो प्रयास हो भन्नुभयो । मेला तमु धि यूकेले आयोजना गरे ता पनि बेलायतबासी नेपालीहरुको साझा मेला भएको कुरा बताउनुहुँदै यस्तो कार्यक्रमबाट एकजना युवा पुस्ता प्रभावित गर्न सक्यौ भने पनि मेलाको ठुलो उपलब्धी मान्नुपर्छ भन्नुभयो । उहाले उपस्थित सम्प्रुर्ण अथितीहरु, कुटनितिज्ञहरु, प्रायोजकहरु र दर्शकहरुलाई धन्यवाद दिनुभयो ।

मेलामा दुबै खुट्टा गुमाएका भुपु ब्रिटिश सैनिक तथा किर्तिमानी आरोही हरि बुढामगर र अर्का आरोही कलाकार दिया पुनलाई सम्मान गरिएको थियो । मेलामा प्रबेश टिकटको चिठ्ठा कार्यक्रम (राफल ड्र्), कोरियन महिला समुहद्वारा आकर्षक नाच प्रदर्शन गरी भब्य मनोरन्जनका गराएका थिए । मेलामा विभिन्न नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राखिएका थिए । त्यस्तै नेपाली मेला २०२२ लाई सफल बनाउन बेलायतका नेपाली ब्यवसायीहरु तथा लब्ध प्रतिष्ठित ब्यक्तित्वहरु आदिले पुरुस्कारहरु प्रायोजन तथा आर्थिक सहयोग गर्नुभएको थियो । औपचारिक कार्यक्रम संचालन तमु धि यूकेको महासचिब डा बिशाल गुरुङले गर्नु भएको थियो भने चर्चित उध्दघोषकहरु सुर्य गुरुङ, योगेश गुरुङ र चर्चित उध्दघोषिका तथा भ्लोगर सपना रोका मगर लगयातले साँस्कृतिक कार्यक्रम तथा अन्य कार्यक्रमहरु सन्चालन गर्नुभएको थियो । कार्यक्रममा सांसद खामवीर गर्बुजा, बेलायतस्थित बंगलादेश र श्रीलंकाका कुटनीतिक प्रतिनिधि, नेपाली राजदुताबासको उपप्रमुख रोशन खनाल लगायत अन्य कर्माचारीहरु, छिमेकी देशहरुको डीप्लोम्याटहरु, नेपालीमुलका मेयर तथा उपमेयर, काउन्सिलरहरु, यूके स्थित बिभिन्न नेपाली संघसंस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरु लगयात अन्य प्रतिष्ठित ब्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो ।

सन २००९ देखी सुरु भएको नेपाली मेलाको १४ बर्षको सन्स्करणसमा आईपुग्दा हरेक बर्ष मेलामा उल्लेख्य दर्शकहरुको उपस्थिती भएका छन । आयोजक संस्थाको अनुसार बिगतका बर्षहरुमा झै यस बर्ष पनि धेरै जना दर्शकहरुलाई पार्किङ् स्पेस (ठाउँं) नपुगेर नजिकैको निजी आवसीया क्षेत्रहरुमा पार्किङ गर्नुपरेको थियो ।