एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहामगर पुन: निर्बिरोध निर्बाचित

एनआरएनए यूके नेतृत्वमा प्रेम गाहामगर पुन: निर्बिरोध निर्बाचित भएका छन । सँगसंगै कार्यसमितिका प्राय सदस्यहरु पनि (पदाधिकारीहरु पनि) निर्बिरोध निर्बाचित भएका छन । शनिबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित समारोहमा अध्यक्ष गाहामगरसहित ५४ निर्वाचित पदाधिकारी तथा सदस्यले शपथ ग्रहण गरे ।

त्यस्तै अन्य पदाधिकारीहरुमा- उपाध्यक्षहरुमा भरतमणी चोङवाङ लिम्बु, तीर्थबहादुर मल्ल (अनिल), चम्पा थापा मगर (गोर्खा), नम्रता घले गुरुङ (महिला) र अमृत घले छन् । महासचिवमा प्रमिला लाबुङ राई, सचिवमा किरण राई, धीरज राई र महिला सचिवमा हेमकला गुरुङ राना निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा रविन गुरुङ, सह–कोषाध्यक्षमा झलक पुन, महिला संयोजकमा अमृता गिरी गजुरेल र युवा संयोजकमा विशाल राई निर्वाचित भए ।

कार्यसमिति सदस्यहरुमा धनबहादुर तामाङ पाख्रिन, चेतन राना, आवेश राई, देव राना, मनिकला राई गुरुङ, निकेश लिम्बु, विश्व गुरुङ, तारा गर्वुजा, सबु सेञ्चुरी, कमल पुन, वृहस्पति बराल मगर, नवीन पौडेल, एण्डरसन (एन्डी) राई, खगेन्द्र थापा मगर, तीर्थकुमार थापा (ब्रुस), मेक्सी गुरुङ, असल लिम्बु, नवराज घले (नबु) र दिलिप गलामी निर्वाचित भएका छन् ।

त्यसैगरी आइसीसी सदस्यहरुमा रिचर्ड गुरुङ, विमला लिम्बु, कुमार थापा, ओम थापा काउचा, फुलप्रसाद कंडेल, भक्त दर्जी, प्रवेश केसी र लिला सेलिङ माबो निर्वाचित भए ।

राज्य परिषद अन्तर्गत वेल्सको अध्यक्षमा मोती प्रसाद पुन, उपाध्यक्ष दीपक सुब्बा, सचिव रम सारु, सह सचिवमा श्रीराम थापा मगर, कोषाध्यक्षमा रत्न राई र सहकोषाध्यक्षमा पदम पुन निर्विरोध निर्वाचित भए । सदस्यहरुमा प्रकाश गुरुङ, खगेन्द्र यङ्देन लिम्बु, सीता गुरुङ राई, युवराज पुन, सुवास राई, कल्पना कङदङ्वा लिम्बु र भोजनारायण रेग्मी छन् ।

निर्वाचन प्रमुख आयुक्त विश्वासदीप तिगेलाले नयां कार्यसमितिलाई शपथ गराए । निर्वाचन समितिमा सदस्य सचिव रुद्र थापामगर र टेकबहादुर थापा थिए । कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री र निर्वाचन समिति पदाधिकारीले निर्वाचित कार्यसमितिलाई फेथा, खादा र प्रमाणपत्र प्रदान गरे । शपथ ग्रहणपछि अध्यक्ष गाहामगरले स्टेजमा आफ्ना आमाबाबुलाई ढोगेर आर्शीवाद लिएका थिए ।

२० हजार ७०७ सदस्य बनाउन सफल नवनिर्वाचित अध्यक्ष अध्यक्ष गाहामगरले खचाखच भरिएको हलमा सम्बोधन गर्दै विषम परिस्थितिबीच पनि आफ्नो कार्यसमितिले ४७ वटा प्रमुख काम गरेको विवरण प्रस्तुत गरे ।

उनले अबको कार्यकालमा एकमात्र एजेण्डा वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई तार्किक निष्कर्षमा पुरयाउने प्रतिवद्धता व्यक्त गरे । यस अभियानमा आफ्नो टिमलाई विगत जस्तै सहयोग गर्न पनि उनको आग्रह छ । उनले आउंदो २६ जुलाईमा नेपाल गएर वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दामा शीर्ष राजनीतिक नेतृत्वलाई भेटघाट गर्ने बताएका छन् ।

उनले आफूप्रति विश्वास गरेर सदस्यता लिएका सबै पञ्जीकृत सदस्यहरु, अग्रज अभियन्ता, सल्लाहकारहरु, सहयोगी तथा शुभचिन्तक सबैप्रति आभार समेत व्यक्त गरे ।

गाहा नेत्रित्वको एनआरएनए यूकेले इङल्याण्ड, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद पछि घोषणा गरिने बताइएको छ ।

फोटो- शिव भण्डारी