पाँचौ गाेरखा हिल गल्फ च्याम्पियनसिप २०२३ भब्य सम्पन्न

फोल्काेस्टोन केन्ट । 24 जुन 2023 शनिबारका दिन इचिङहिल गल्फ काेर्स फाेल्काेस्टाेन केन्टमा याे बर्षको पाँचौ गाेर्खा हिल बार्षिक गल्फ च्याम्पियनसिप भब्यताका साथ सम्पन्न भएको छ । गाेर्खा गल्फ साेसाइटी युकेकाे सक्रिय सहयाेगमा सम्पन्न पाँचौ संस्करणको यस गल्फ च्याम्पियनसिप प्रतियोगितालाई सफल ब्यवसायी तथा बरिष्ठ समाजसेवी फाेल्काेस्टाेन नेपालिज कम्युनिटका पुर्ब अध्यक्ष प्रायाेजक चन्द्र बहादुर गुरुङ र शान्ता गुरुङ अनि उहाँको परिवार तथा आफन्तजनले प्रायोजन गर्नुभएको थियो ।

त्यस्तै सहयोगीहरूमा नर बहादुर गुरुङ र भगवती गुरुङ, जनक गुरुङ र चित्र कुमारी गुरुङ, भाई बुहारीहरू दिलीप कुमार गुरुङ एमबिइ र हेमा कुमारी गुरुङ, सुर्य गुरूङ र मनमाया गुरुङ, गिर प्रसाद गुरुङ र देब कुमारी गुरुङ, तेजबहादुर गुरुङ र अन्जु गुरुङ, चित्र गुरुङ र दिलु गुरुङ, कृष्ण गुरुङ र टिका गुरुङ, लाेक गुरुङ र खिलेन्द्र गुरुङ थिए । अन्य सहयोगीहरूमा दिदी भिनाजु र बहिनी जुवाइ हरु कुल देबी गुरुङ र बाल कुमार गुरुङ, लक्ष्मी गुरुङ र दिल गुरुङ, सर्मिला र बिराज गुरुङ, इन्द्र गुरुङ र जय गुरूङ,हुमासिरी गुरुङ, द्दोरी जुवाइहरू मन्जु र लालध्वज गुरुङ्ग, शुवास्ना गुरुङ र चित्र गुरुङ, सिजन र कमल आले, सपना र बिमल गुरुङ, तमु धीं युकेका पुर्ब अध्यक्ष ग्याम गुरुङ र प्रेम गुरुङ, हरी राइ र माहा राइ लेमन लिफ रेष्टुरेन्ट, टिका गुरुङ र मिनु गुरुङ एभरेष्ट क्याफे, जिवन र शाेभा राइ, प्रविन क्षेत्री र कुमारी भन्डारीले गल्फ च्याम्पियनसिप भब्यताका साथ सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग गरेका थिए ।

बिहान नौ बजे सुरु भइ बेलुकी पाँच बजे सम्पन्न उत्त च्याम्पियनसिप सफल बनाउन गाेर्खा गल्फ साेसाइटी युकेकाे मुख्य काेअर्डिनेसनमा भब्यताका साथ सम्पन्न भएको थियो । करिब सय जना भन्दा बढी खेलाडीहरू बेलायतका बिभिन्न भागबाट सहभागी भएका थिए । बिजेताहरूलाई फाेल्काेस्टाेन नेपालिज कम्युनिटी सेन्टरमा नानी अरूकाे नृत्य मनाेरन्जन कार्यक्रम र बिङगाे कार्यक्रम सञ्चालन गरिएको थियो । बिभिन्न क्याटाेगाेरीमा खेलाइएकाे उत्त च्याम्पियनसिप खेलमा सबै भन्दा ठुलाे पुरस्कार च्याम्पियन ग्रस बिजेता सुनिल गुरुङले च्याम्पियनसिप कप जित्न सफल भए । त्यस्तै निल कुमार थापा दोस्रो भएका थिए । नेट बिजयमा धैलेन्द्र केसी च्याम्पियन भए । कृष्ण तामाङ नेट तर्फ द्वितीय भए । डिभिजन ए अन्तर्गत रिषी केस सेन प्रथम भए । दिपु थापा द्वितीय र असाेक गुरुङ तृतीय भए ।

त्यस्तै डिभिजन बि अन्तर्गत कुमार गुरुङ प्रथम, द्वितीय भिम गर्बुजा, तृतीया मन कुमार राना ले जित्न सफल भए । डिभिजन सि अन्तर्गत जाेगेन्द्र लिम्बू र द्वितीय भिम गुरुङले जित्न सफल भए । गंगा मल्लले सिनियर ग्रुपमा बिजयी प्राप्त गरे भने नाेभल्टिजमा फुर तेन्जी शेर्पा, प्राे एप्राेच खेलतर्फ आश बहादुर गुरुङ र एलडि ओपन खेलमा बिकास गुरुङले सफल हासिल गरे ।

कार्यक्रमकाे समापनमा बिजेताहरूलाई प्रायाेजक चन्द्र बहादुर गुरुङ र शान्ता गुरुङ, तेजबहादुर गुरुङ र अन्जु गुरुङ, ग्याम गुरुङ र प्रेम गुरुङ, लक्ष्मी गुरुङ, इन्द्र गुरुङ, हुमाशिरी गुरुङ, याेगराज राइ र हेमा राइ, रूपा राना, आङ कुमारी लिम्बू, कुमारी लाेकथाम, मन्जु गुरुङ र हरी राइले क्रमस बिजेताहरूलाई नगद र ट्रफी पुरस्कार बितरण गरेका थिए ।

बिगत पाँच बर्ष पहिले देखि सन्चालन गर्दै आइरहेको गाेरखा हिल गल्फ च्याम्पियनसिपबाट बचत रकम नेपालमा अनाथ असहाय बालबालिकाहरूकाे सहयोगमा मध्दत पुर्याउदै आएको प्रायाेजक चन्द्र बहादुर गुरुङले जानकारी गराउनुभयो । सम्पूर्ण सहयोग दाता आफन्तजनहरूलाई र गाेर्खा गल्फ साेसाइटी युकेका कार्यसमिति र मिडिया बिएफबिएस प्रति आभार धन्यवाद प्रकट गरे । कार्यक्रमकाे समापन गर्दै गाेर्खा गल्फ साेसाइटी युकेका सेक्रेटरी बिष्णु थापाले सन्चालन गरेका कार्यक्रममा अध्यक्ष देब रानाले बेलायतका बिभिन्न टाढाटाढाबाट भाग लिन आउनुभएको सम्पूर्ण साेसाइटीका सदस्यहरू, प्रायाेजक चन्द्र बहादुर गुरुङ, शान्ता गुरुङ र सम्पूर्ण सहयोग दाताहरुलाई धन्यवाद ब्यक्त गरे ।

अध्यक्ष रानाले अगामी बेलायतमा हुने खेलहरूमा भेटघाट गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमकाे अन्त्यमा गाेर्खा गल्फ साेसाइटी युकेका सदस्यहरू र फोल्कोस्टोन बासी दिदीबहिनीहरुले खानाको व्यवस्था गरिएको थियो । अध्यक्ष देब रानाले प्रत्यक्ष अप्रत्यक्ष सहयोगी हातहरु तथा प्रायाेजक चन्द्र बहादुर गुरुङ, शान्ता गुरुङ र कार्यक्रमकाे बिशेष जानकारी मिडियामा संप्रेषण गर्नुहुने बिएफबिएस गाेर्खा रेडियोका सन्चालक याेग राज राइ र रूपा राना, हल उपलब्ध गराउने फाेल्काेस्टाेन नेपालिज कम्युनिटीलाई धन्यवाद दिए ।