तमु धि यूकेका निबर्तमान अध्यक्ष हितकाजी गुरुङले एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी
लण्डन । एनआरएनएको राष्ट्रिय काउन्सिलहरुको २०२१-२३ को पदावधि सकिन लाग्द एनआरएनए राष्ट्रिय काउन्सिलहरुमा बिस्तारै चुनावी स-गर्मी बढेका छन् । एनआरएनए यूकेमा पनि बिभिन्न पदहरुमा उम्मेदवारी दिन्छु भनी फ्याट्टफुट्ट अवाजहरु सुनिन थालेका छन । यसै सिलसिलामा तमु धि यूकेका निबर्तमान अध्यक्ष हितकाजी गुरुङले अध्यक्षमा उम्मेदवारी दिने कुरा खबर यूकेका संस्थापक सदस्य ईन्द्र घोथानेलाई जानकारी गराएका छन ।
खबर यूकेका संस्थापक सदस्य ईन्द्र घोथानेले यूकेमा एनआरएनए प्रेम गहा मगर र सुनीलबाबु खडकाको नेत्रित्वमा दुई चिरामा छ, तपाईं कतापट्टीकोबाट उठ्ने हो ? भनेर प्रश्न गर्दा “मेरो लागि एनआरएनए यूके एउटै छ, एनआरएनए यूकेको अध्यक्ष पदमा मेरो उम्मेदवारी रहनेछ, यो र त्यो समुह भन्ने मेरो लागि हुनेछैन, सिर्फ एनआरएनए यूकेको लागि मेरो उम्मेदवारी हुनेछ” उनले भने ।
त्यस्तै, अध्यक्ष पदमा किन उम्मेदवारी भन्ने प्रश्नको उत्तरमा गुरुङले समाजसेवा आफ्नो नाश मै रहेको र तमु धि यूके जस्तो ठुलो संस्थाको सफल नेत्रित्व पश्चात अझै पनि समाजलाई केही दिन सकिन्छ र दिऔ भन्ने हुटहुटीले गर्दा एनआरएनए जस्तो नेपाल सरकारबाट मान्यता प्राप्त संस्था मार्फत गैर आवसीया नेपालीहरुको समस्य समाधान गर्न केही मध्दत गरौ वा योगदान दिऔ भन्ने पवित्र उध्देश्यले आफु उठ्न लागेको कुरा जानकारी गराउनुभयो ।
एनआरएनए यूकेमा उहाँको संलग्नताबारे प्रश्न गर्दा भुपु अध्यक्ष अशोक श्रेष्ठको कार्यकालदेखि नै आफु अधिकारिक रुपमा एनआरएनए यूकेसँग संलग्न रहेको र त्यसयता हरेक कार्यसमितिसँग प्रतक्ष्य अप्रतक्ष्य आफ्नो संलग्न रहेको र सकेको सहयोग गर्दै आइरहेको कुरा जानकारी गराउनुभयो । बिशेष गरेर कोभिड-१९ को बेला तमु धि यूकेले अक्सिजन प्लान्ट निर्माण तथा अक्सिजन कसर्नट्रेटर किन्न ठुलो मात्रामा सहयोग गरेको कुरा स्मरण गराउनुभयो ।
स्मरण रहोस हितकाजी गुरुङको कार्यकालमा तमु धि यूकेले अधिकतम आर्थिक लाभ गरेका थिए । गुरुङ आफुलाई लागेको कुरा स्पष्ट राख्ने हक्की नेताको रुपमा चिनिन्छ ।