रास्वपा प्रबास नेपाली संपर्क बिभाग यूकेले गर्‍यो बृहत भेला

लन्डन । रास्वपा प्रबास नेपाली संपर्क बिभाग यूकेले गर्‍यो बृहत भेला भब्य अनि सभ्य रुपमा सम्पन्न गरेको छ साथै रास्वपा प्रबास विभाग यूकेको १७ सदस्य कार्यसमिति औपचारिक रुपमा गठन गरेका छन् । गत १६ अप्रिल २०२३ साल शनिबारको दिन जुम मार्पmत कार्यसमिति घोषणा गरेता पनि हिजो मिति मे १४ तारिख २०२३ साल लन्डनको हयारो स्थित ब्लु रुम स्पोर्टस भेन्युमा कार्यक्रमको जेष्ठ सदस्य ७६ बर्षिय बुद्धि रानाले कार्यसमितिलाई सपथ गराउनुभएको थिए ।

नेपालको राष्ट्रिय गान बजाएर शुरुवात गरिएको कार्यक्रममा रास्वपा प्रबास नेपाली सम्पर्क विभाग युकेका महिला कार्यसमिति सदस्य सुश्री मनमाया गुरुङले उपस्थित सबैलाई व्यक्तिगत र विभागको तर्पmबाट स्वागत गर्नुहुँदै आफु किन रास्वपासंग आबद्ध हुन चाहेको भन्ने कुरा प्रष्ट्याएकी थिईन् । लगतै कार्यक्रममा उपस्थित महानुभावहरुबाट शुभकामना तथा सुझाब संकलन गरिएको थियो । कार्यक्रमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले रास्वपाका पार्टी अध्यक्षसंगको प्रत्यक्ष भेटघाट गरेको स्मरण गर्नुहुँदै एनआरए र एनआरए युकेको मागहरु बिशेग गरेर बंशाजको नागरिकता निरन्तरता सम्बन्धमा रास्वपा पनि पहल गरिदिनुभए राम्रो हुने धारणा ब्यक्त गर्नुहुँदै अनुरोध पनि गर्नुभयो । चार भन्ज्याङ तमु समाज युकेका भुपु अध्यक्ष र क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेका निबर्तमान अध्यक्ष समाजसेवी चन्द्र गुरुङले नेपालमा परिबर्तन र बिकास गर्ने हो भने पुराना पार्टीहरुको एकलौटीतन्त्रलाई भत्काउनुपर्ने कुरा सुझाउनुभयो । जुन रास्वपा जस्ता नयाँ पार्टीबाट सम्भब रहेको कुरा बताउनुभयो ।

त्यस्तै अर्का बौद्धिक व्यक्तित्व समाजसेवी बिक्रम भट्टराईले रास्वपा प्रबास नेपाली सम्पर्क विभाग युकेले अरु पार्टीलाई गाली गर्नुहुन्न र आपैmले पनि गाली खाने काम गर्नुहुन्न भनि सुझाब दिनुभयो । भट्टाराईले रास्वपा प्रबास नेपाली सम्पर्क विभाग युकेले कसैलाई “देवत्वकरण” गर्नुहुँदैन र खादामाला, आसन र भाषणको संस्कृतिलाई निमिट्यान्नै पार्नुपर्छ भनि सुझाब दिनुभयो । उहाँले बधाई त काम गर्नुभएपछि निश्चय दिनेछु अहिलेलाई भने सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।

त्यस्तै एनआरएनए युकेका भुपु महासचिब राजकुमार त्रिपाठीले गल्ती र समस्याहरु औल्याउन सजिलो हुन्छ तर समस्या समाधान सजिलो छैन, रास्वपा राम्रो काम गर्छु देखाउँछु भनी उच्च भावानासाथ आएको छ जुन उद्धेश्य प्राप्त होस् भनि शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै एनआरएनए अभियान्त तथा समाजसेवी युवा व्यवसायी दीपक श्रेष्ठले रास्वपाले भ्रष्टचार सम्बन्धमा शुन्य शहनशील राखी देशमा व्याप्त भ्रष्टचारलाई निर्मुल गर्नुपर्ने कुरा बताउनुभयो । त्यस्तै लेखक तथा टिप्पणीकार नारायण गाउँलेले कार्यक्रमलाई नौलो र आसण ग्रहण, भाषण रहित बनाउँछौं भन्दाभन्दै पनि पुरानै प्रबृत्ति दोहोरिएकोले सुधार्न सल्लाह दिनुभयो ।

त्यस्तै कार्यक्रममा नेपालबाट रास्वपाको उपसभापति डीपी आर्यलले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिनुहुँदै निकट भविष्यमा युके लगायत विभिन्न देशहरुमा हुन गईरहेको गैर आवसीय नेपाली संघको चुनाबमा कसैको मतियार नबन्न र हस्तक्षेप नगर्न सतर्क हुन अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा नारायण फुयाँल, हरि प्रसाद भुसाल, राजु कंडेल, आदर्श श्रेष्ठ, शमिर प्याकुरेल आदिले समसामायिक बिषयमा रास्वपाले गर्न सकिने र गर्नुपर्ने विषयहरुबारे आफ्नो सुझाब प्रस्तुत गर्नुभएको थिया ।

कार्यक्रममा कार्य समिति सदस्य डा. राजु सापकोटाले रास्वपा प्रबास नेपाली सम्पर्क विभाग युकेको आगमी कार्ययोजना तथा मार्गचित्रबारे विस्तृत बिबरण प्रस्तुत गर्नुभएको थियो । उहाँले बिशेष गरेर रास्वपा प्रबास नेपाली सम्पर्क विभाग युकेले युकेका सदस्यहरुको समग्र हितको लागि गर्नसक्ने कार्यहरु र नेपालमा गर्न सकिने समाजसेवाका आवधारणाहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा विभागका सभापति पवन शर्माले उपस्थित सबैलाई धन्यबाद दिनुहुँदै रास्वपा प्रबास नेपाली सम्पर्क विभाग युके केबल मध्यस्थ रहेको कुरा उल्लेख गर्नुहुँदै युकेबासी नेपालीहरुको सुझाबहरु र मुद्धाहरु रास्वपा समक्ष पुर्याउने युकेबासी नेपालीहरुको आवन बुँलन्द गर्ने प्रतिबद्धता जाहेर गर्दै घोषणा सभालाई समापन गर्नुभयो ।

औपचारिक कार्यक्रम विभागका सह—महामन्त्री यज्ञराज कार्कीले संचालन गर्नुभएको थियो भने कार्यक्रमलाई बेलायतका चर्चित न्युज च्यानल लण्डन नेपाल न्युजले प्रतक्ष्य प्रसारण गरेका थिए । कार्यक्रमको साउण्ड सिस्टम नेपालीज एसोसियसन अफ विल्टसेयरका अध्यक्ष समाजसेवी तथा प्रबास नेपाली सम्पर्क विभाग युकेका कार्यसमिति सदस्य ज्ञानप्रसाद गुरुङले प्रबन्ध गर्नुभएको थियो ।

त्यस्तै अर्का कार्यसमिति सदस्य टाउ गुरुङले तथा रास्वपा शुभेच्छुक शिबराज आचर्यले प्रबिधिमा संयोजन गरेका थिए । कार्यक्रममा युकेका विभिन्न संघसंस्था प्रतिनिधिहरु तथा बुद्धिजिबीहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनट मौन धारण पनि गरिएको थियो ।