राष्ट्रिय स्वतन्त्र पार्टी प्रबास नेपाली संपर्क बिभाग यूकेले मे १४ तारिख बृहत भेला गर्ने

भेलालाई सभापति रबि लामिछाने, उपसभापति डीपी आर्यल र नव निर्बाचित सांसद स्वर्णिम वाग्लेले सम्बोधन गर्ने ।

लण्डन । अर्को हप्ता मे १४ तारिख २०२३ साल आइतबार लण्डनको ह्यारोविल्ड स्थित ब्लु रूम स्पोर्टस भेन्युमा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालप्रति आस्था, विश्वास अनि सदभाव राख्नुहुने यूके निवासी नेपालीहरुको बृहत भेला आयोजना गर्ने भएको छ । रास्वपाका सभापति रबि लामिछानेद्वारा “भच्र्युअल” (अनलाइन) मार्फत बिशेष सम्बोधन गरिने उक्त कार्यक्रममा रास्वपा प्रबास नेपाली संपर्क बिभाग यूकेको औपचारिक कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम रहेको कुरा रास्वपा प्रबास नेपाली संपर्क बिभाग यूकेको सह–महामन्त्री यज्ञ राज कार्कीले खबर यूकेलाई जानकारी गराउनुभएको छ ।

गत अप्रिल १६ तारिख २०२३ साल शनिबार जूम बैठक मार्फत पिटरबर्ग निवासी सफल युवा ब्यवसायी तथा समाजसेवी पवन शर्माको सभापतित्वमा (नेतृत्वमा) रास्वपा प्रबास नेपाली संपर्क बिभाग यूकेको ११ सदस्य कार्यसमिति घोषणा गरिएको थियो । उक्त ११ सदस्य कार्यसमितिको संख्या बढाएर १७ सदस्य बनाउने निर्णय गरेको छ । अगामी हप्ता आयोजना हुने यूकेबासी रास्वपा शुभेक्छ्युकहरुको भब्य भेलामा रास्वपा प्रबास नेपाली संपर्क बिभाग यूकेको औपचारिक कार्यसमिति घोषणा तथा सपथ ग्रहण गरिने कुरा सभापति पवन शर्माले खबर यूकेलाई जानकारी गराउनुभयो ।

कार्यसमिति घोषणा र सफथ ग्रहणसंगै कार्यक्रममा रास्वपा प्रबास नेपाली संपर्क बिभाग यूकेको अगामी कार्ययोजना र मार्गचित्रबारे छोटो अन्तकृय हुने कुरा उप–सभापति कोश्लेश्वर (कृष्ण) ढकालले जानकारी गराउनुभयो । यूकेमा हुने प्रायः नेपाली कार्यक्रमहरुभन्दा पृथक अनि अत्यन्तै सरल (आसणग्रहन, भाषण, खातामाला र तडकभडक रहित) हुने उक्त कार्यक्रमलाई भब्य, सभ्य र सफल बनाउन रास्वपा प्रबास नेपाली संपर्क बिभाग यूकेले कार्यसमिति सदस्यहरुलाई बिभिन्न जिम्मेवारी तोकिएका छन् ।

रास्वपा प्रबास नेपाली संपर्क बिभाग यूकेका सभापति पवन शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्था र विश्वास राख्नुहुने युकेबासी नेपालीलाई बृहत भेलामा सहभागी हुन हार्दिक अपिल गर्नुभएको छ । साथै, सभापति शर्माले रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेले संगठन विस्तारलाई प्राथमिकता दिएको कुरा बताउंदै नव उदयीमान पार्टीको संगठनमा जोडिनहुन युकेबासी नेपालीलाई अनुरोध गर्नुभएको छ ।

उक्त बृहत भेलालाई रास्वपा उपसभापति माननिय डिपी अर्याल र हालै तनहुँ १बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित माननिय अर्थबिद डा. स्वर्णीम वाग्लेले पनि सम्बोधन गर्ने छन् । दिउँसो १२ बजेदेखि शुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रबास बिभाग युकेको प्रथम भौतिक भेलामा सहभागी हुन (उपस्थित हुन) विभागको महामन्त्री तथा यती एसोसियन युकेका अध्यक्ष पिपला पाण्डे देवानले आव्हान गर्नु भएको छ । कार्यक्रमको मिडिया संयोजन युकेका चर्चित मिडिया लन्डन नेपाल न्युजले गर्नेछन् ।