तमु समाज युकेद्वारा उपमेयर श्रीमती मन्जुदेवी गुरुङलाई भव्य स्वागत तथा सम्मान

शिबशरण गुरुङ ।

लण्डन । तमु समाज युकेले नेपाल बाट बेलायत भ्रमणमा आउनुभएकी पोखरा महानगरपालिकाको उपमेयर मन्जु देवी गुरुङलाई लण्डनको वेम्बली स्थित तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरमा सोमबार १ मे २०२३को दिन भव्य स्वागत तथा सम्मान गरेको छ । तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गरुङको सभापतित्वमा महासचिव धरमबल गुरुङले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि उपमेयर मन्जु देवी गुरुङलाई संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, आमा समूहका अध्यक्ष उमा देबी गुरुङ गुरुङले खादा, पुष्प गुच्छा, दोसल्ला र तमु समाज युके बिशिष्ट समाज सेवा सम्मान पत्र प्रदान गरि स्वागत तथा सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उप मेयर मन्जु देवि गुरुङले आभार सहित धन्यवाद व्यक्त गर्दै संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमा देवी गुरुङलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । उपमेयर गुरुङको स्वागत तथा सम्मानमा आमा समूहले तयार पारेको केक पनि काटेका थिए ।

कार्यक्रममा तमु समाज युकेका पूर्ब अध्यक्ष शिवशरण गुरुङले संस्थाको बारेमा संक्षिप्त जानकारि गराउदै स्वागत मन्तब्य राखेको थियो भने निरज गुरुङले प्रमुख अतिथि गुरुङको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा हेल्थ र सेफ्टी सम्बन्धी कार्यक्रम संचालक तथा महासचिब धरमबल गुरुङले जानकारी दिएका थिए । औपचारिक कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले धन्यबाद मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा उपस्थित तमु समाज यकेका पूर्ब अध्यक्ष शिवशरण गुरुङ, पूर्ब अध्यक्ष अर्जुन कुमार गुरुङ, निबर्तमान अध्यक्ष शिव चन्द्र गुरुङ, सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ, पूर्ब उपाध्यक्ष बिजु गरुङ, पूर्ब उपाध्यक्ष कन्य प्रसाद गुरुङ, सल्लाहकार बाबुराम गुरुङ, सल्लाहकार रामचन्द्र गुरुङ, सल्लाहकार लेख बहादुर गुरुङ आमा समूहका पूर्व अध्यक्ष माया गुरुङ, आमा समूहका उपाध्यक्ष मथुरा गुरुङ, कार्य समितिका बिभिन्न पदाधिकारिहरु, आमा समूह, आजिवन सदस्यहरु र उपस्थित सबैले उप मेयर गुरुङलाई खादा फूलमाला र फूल लगाई स्वागत तथा सम्मान गरेका थिए ।

बेलायतको राजधानि लण्डनमा तमु समाज युकेले आयोजना गरेको भव्य स्वागत तथा सम्मान कार्यक्रममा उपस्थित भई सम्मानित हुँदा प्रमुख अतिथि उप मेयर मन्जु देवी गरुङले अत्यन्त खुशि ब्यक्त गर्दै तमु समाज युकेका संस्थापक अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारिहरु, सदस्यहरु, आमा समूहका सबै पदाधिकारि तथा आमा दिदिबहिनिहरुलाई आभार सहित हार्दिक कृतज्ञता ब्यक्त गरेका थिए।मन्तब्त राख्नेथ क्रममा प्रमुख अतिथि उप मेयर गुरुङले परोपकारको क्षेत्रमा तमु समाज युकेले गरेका कार्यहरुको प्रशंसा गर्दै समाजको समृद्धि तथा उत्तरोउत्तर प्रगतिको निम्ति शुभकामना दिएका थिए। मन्तब्यकै क्रममा प्रमुख अतिथिले नेपालको बर्तमान सम्बिधानमा गैर आवासीय नेपाली नागरिकताको ब्यबस्था बारे बताउनु भएको थियो। यसैगरि नारी सशक्तीकरण र महिला नेतृत्वको बारेमा प्रकास पार्दै पोखरा महानगरपालिकाको बिबिध समसामयिक जनचासोका बिषयहरुको बारेमा सबैलाई जानकारि गराउनु भएको थियो। आफ्नो नेपाली तथा तमु भाषा, भेषभूषा, कला, संस्कार र संस्कृतिको संम्रक्षण, सम्बर्धन र बिकासमा निरन्तर लागि रहन पनि उप मेयर गरुङले सबैलाई आग्रह गर्नु भएको थियो।

अत्यन्तै सौहर्द तथा पारिवरिक बातावरणमा सम्पन्न औपचारिक कार्यक्रमको समापन पछि फोटो सेसन र त्यसपछी प्रमुख अतिथि, अन्य अतिथिगण लगायत उपस्थित सबै महानुभवहरु आमा समूहले तयार पारेको स्वदिष्ट खानपानमा सरिक भएका थिए । बिहान १०:३० बजे आरम्भ भएको स्वागत तथा सम्मान कार्यक्रम दिउसो २:३० बजे अन्त भएको थियो ।