क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेद्धारा पोखरा महानगर पालिकाका उपमेयर मन्जु गुरुङलाई भव्य स्वागत

मिचेट । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेको निमन्त्रणामा हाल युके भ्रमणमा रहेका पोखरा महानगरपालिकाको उपमेयर मन्जुदेबी गुरुङलाई भव्य स्वागत गरेका छन् । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेका पदाधिकारीहरु, सल्लाहकारहरु, सदस्यहरु तथा चेलीबेटीहरुको उपस्थितिमा उपमेयर श्रीमती गुरुङलाई भव्य स्वागत गरेको हो ।

तमु धिं युकेको मिचेट स्थिति भवनमा पाइपर बजाई पदाधिकारीहरु, सदस्यहरु र चेलीबेटीहरुद्धारा उपमेयर गुरुङलाई स्वागत गरिएको थियो । असनग्रहण पश्चात समाजको अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ, चेलिबेटी प्रमुख श्रीमती चन्द्रादेबी गरुङ र प्रमुख अतिथि उपमेयर मन्जुदेबी गुरुङद्धारा संयुक्त रुपमा पानसमा दियो प्रज्वल्लन गरी औपचारिक रुपमा स्वागत कार्यक्रमको समुद्घाटन गरिएको थियो । लगतै नेपालको राष्ट्रिया गान बजाइएको थियो । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेको महासचिब इन्द्र घोथानेले कार्यक्रम स्थलको सुरक्षा र स्वास्थ्य सम्बन्धि जानकारी गराउनु भएपछि समाजको उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तब्य दिनुभएको थियो ।

त्यस लगतै क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेका सल्लाहकार तथा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले शुभकामाना मन्तब्य दिनुभएको थियो । सल्लाहकार चित्र बहादुर गुरुङले श्रीमती मन्जुदेबी गुरुङको राजनितीक जीवनले अझ सफलता पाओस भनि शुभकामाना दिनुभएको थियो । त्यस्तै क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेका अर्का सल्लाहकार तथा तमु धिं युकेको संस्थापक अध्यक्ष मीन प्रसाद गुरुङले पनि शुभकामना मन्तब्य दिनुभएको थियो । उहाँले पनि मन्जु गुरुङ तमुहरुको लागि उदाहरणीय नारी भएको र उहाँको राजनीतिक जीवनको उत्तोरत्तर प्रगतीको कामना गर्नुभयो ।

त्यस्तै क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेका चेलिबेटी प्रमुख चन्द्रादेबी गुरुङले उमेयर श्रीमती मन्जुदेबी गुरुङ युकेमा स्वागत गर्न पाउँदा औधि खुशी लागेको कुरा बताउनुभयो । साथै उहाँले क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेले पोहोर सालदेखि शुरु गरेको शुभ दिपावली भाइटिका कार्यक्रम यसपालि पनि निरन्तरता दिने र अगामी नोभेम्बर ५ तारिख सामुहिक भाइटिका कार्यक्रम राखिएको जानकारी गराउँदै सम्पुर्ण क्वोंने दाज्युभाईहरुलाई निमन्त्रणा गर्नुभयो ।

स्वागत तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिकाका उपमेयर श्रीमती मन्जुदेबी गुरुङले उपमेयरको भुमिकाबारे प्रष्ट पार्नुहुँदै पोखराको समग्र बिकासको लागि पोखरा महानगरपालिका दत्तचित्त भएर लागिरहेको कुरा बताउनुभयो । त्यस्तै उपमेयर गुरुङले आफ्नो बल र बुद्धिले भ्याएसम्म निस्वार्थ भावले जनताको सेवा गरिरहेको र क्वोंने (घोताने/घोण्डे)को बुहारीको नाताले यहाँहरुको शीर उच्च बनाउने गरी काम गरिरहेको कुरा बताउनुभयो । साथसाथै उहाँले क्वोंने (घोताने/घोण्डे) परिवारबाट पाएको साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै धन्यबाद व्यत्त गर्नुभयो । लगतै उपमेयरसंग केही समय प्रश्नोत्तर (अन्तरकृया) गरिएको थियो । प्रश्नोत्तर कार्यक्रममा पोखराको पार्किङ, स्थानिय स्तरमा तमु भाषा प्रयोग, फोहोरमैला व्यवस्थापन, कृषि आदिबारे प्रश्न गरेको थियो ।

कार्यक्रममा क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेका बरिष्ठ सल्लाहकार द्धय लेप्टेन थमनसिंह गुरुङ तथा हरि गोबिन्द गुरुङले पनि शुभकामना मन्तब्य दिनुभएको थियो । त्यस्तै क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेका सल्लाहकार निबर्तमान उपमेयर काउन्सिलर लक्ष्य गुरुङले, क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेको संरक्षक क्याप्टेन जीवन कुमार गुरुङ र निबर्तमान अध्यक्ष तथा संरक्षक अनरी लेप्टेन चन्द्र गुरुङले पनि शुभकामना मन्तब्य दिनुहुँदै समसामयिक बिषयमा आफ्नो बिचार प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपमेयर श्रीमती गुरुङलाई क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युके तर्फबाट मायाको चिनो प्रदान गरेको थियो भने उपमेयर श्रीमती मन्जु गुरुङले पनि चिनो स्वरुप क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेका कार्यसमितिलाई ढाकाको गलबन्दी र नेपाली झण्डाको ब्याज चिनो दिनुभएको थियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार क्वोंने (घोताने/घोण्डे) चेली रोजिना गुरुङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बेलायतका चर्चित गायिका ममता गुरुङले विभिन्न मनोरन्जनात्मक गीत र हाल युके भ्रमणमा रहेकि राष्ट्रिय कलाकार रोजिना गुरुङ गीतले विभिन्नत्र गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको लागि क्वोंने दाज्युभाईहरुले ड्रिंक प्रायोजन गर्नुभएको थियो । त्यस्तै चेलिबेटीज्युहरुले चियापान साथसाथै सयओटा सेलरोटी प्रायोजन गर्नुभएको थियो । कार्यक्रमका लागि खानाको व्यवस्था पानस रेष्टुरेन्टले गरेका थिए ।

स्वागत तथा भेटघाट कार्यक्रमको संयोजन क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज युकेको उपाध्यक्ष तथा सहारा यूकेका निबर्तमान अध्यक्ष कुमार गुरुङले गर्नुभएको थियो । कार्यक्रमको लागि फोटोग्राफी क्वोंन्मै इन्टरटेन्टमेन्ट कम्पनिको निर्देशक सन्तोष कोन्मैले गर्नुभएको थियो । कार्यक्रममा तमु धि यूकेका भुपु अध्यक्ष ज्ञामा गुरुङ, तमु समाज यूकेका भुपु अध्यक्ष अर्जुन गुरुङ, लम्जुङ समाज यूकेका भुपु अध्यक्ष बोहत गुरुङ, सफल ब्यवसायी मोहन गुरुङ लगयात बिभिन्न संघसंस्थामा नेत्रित्व गरिराख्नुभएका क्वोने दाज्युभाइहरु तथा चेलीबेटीहरु उपस्थित हुनुहुन्थ्यो ।