नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा
नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवाका लागि सिफारिस गरिएको छ । सोमबार बिहान बसेको बढुवा समितिले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवा गरिएको हो । असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए । उनीहरूभन्दा अघिल्लो वरियतामा रहेका वसन्त कुँवर आईजीपी भइसकेका छन् । टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भइसकेका छन् ।
चैत ११ गतेदेखि एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकास भएपछि र कुँवर आईजीपीमा पदोन्नती भएपछि नेपाल प्रहरीमा चार एआईजी रिक्त भएको थियो । नेपाल प्रहरीमा जनजपदतर्फ ८ एआईजीको दरबन्दी छ ।