बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, एमाले बाहिरियो
हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले माघ ३ गते पहिलो पटक विश्वासको मत प्राप्त गरेका थिए ।
माओवादी नेतृत्वको सरकारमा सहभागि भएको राप्रपाले केन्द्रीय समिकरणमा फेरबदल भएको भन्दै गत गत फागुन १३ गते बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर सरकार छाडेको थियो । राप्रपाले सरकार छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने भएपछि मुख्यमन्त्री जम्कट्टेलले आज विशवासको मतको लागि प्रदेशसभामा प्रस्ताव गरेका थिए ।
जम्कट्टेलले विश्वासको मतको लागि गरेपछि उनलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको छ । जम्मकट्टेलले कुल ११० प्रदेशसभा ९१ मध्ये बैठकमा उपस्थित ६७ जनाले ले विश्वासको मत दिएका छन भने विपक्षमा १७ मत आएको छ । मत दिन्न भन्नेमा ७ मत आएको छ । एमालेले आजै सरकारबाट राजिनामा दिएर विपक्षमा मतदान गरेको हो ।
बागमती प्रदेशमा एमाले सरकारबाट बाहिरियो
यससगै नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई संयुक्त राजीनामा पत्र बुझाउनुभयो ।
एमालेका मन्त्रीको संयुक्त राजीनामा प्रदेश सभा बैठक चलिरहेकै बेला मुख्यमन्त्रीले बुझ्नुभएको थियो । प्रदेश सरकारमा थपलियासहित केशवप्रसाद पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायातमन्त्री रहनुभएको थियो ।
गत पुस २६ गते थपलिया आर्थिक मामिला तथा योजनामन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धब थापा बिनाविभागीय मन्त्रीमा नियुक्त हुनुभएको थियो । यस्तै, माघ ११ गते माओवादी केन्द्रका तीन, एमालेका तीन र राप्रपाका दुई मन्त्री थपगरी मन्त्रिमण्डल पूर्णता दिनुभएको थियो ।