भब्य सम्पन्न गर्‍यो चार भञ्ज्याङ तुम समाज युकेले १३ औं बार्षिक च्यारिटी डिनर

लण्डन । चार भञ्ज्याङ तमु समाज यूकेको अध्यक्ष श्री बेन कुमार गुरुङको अध्यक्षतामा र बेलायतको लागि नेपाली राजदूत महामहिम श्री ज्ञानचन्द्र आचर्यज्यु र उहाँको श्रीमती सुनिता आचर्यज्युको प्रमुख आतिथ्यतामा लन्डन फेल्तहाम स्थित कम्युनिटी कलेजमा गत २५ फेब्रअरी २०२३ शनिबारका दिन समाजले १३ औं बार्षिक च्यारिटी डिनर भब्य रुपमा सम्पन्न गरेका छन ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महामहिम राजदूत र समाजका अध्यक्ष गुरुङले पानसमा बत्ति बालेर गरेका थिए । कार्यक्रममा दुतावास का टिपुटी चिफ अफ द मिसन (डीसीएम) रोशन खनाल, आइसीसी एनआरएनए डिपुटी जेनरल सेक्रेटरी रामशरण शिंखडा, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, श्रीमति सन्ध्या गुरुङ, तुम समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र श्रीमति, काउन्सिलर बिष्णु गुरुङ र जित रानाभाट, धर्म गुरु खेम्पाे सन्ताेष गुरूङ चारभञ्ज्याङ तमु समाज यूकेका ट्रष्टी हरू, स्विन्फेन चेरेटी ट्रष्ट का मेजर ह्युज बार्डेल, समाजका पदाधिकारी जुवाइ चेलिबेटी, तमु प्हेलु संघ युके का पुर्ब अध्यक्ष साेम ताेर्जे गुरुङ, सहारा युके का अध्यक्ष ले कुसाङ कुमार गुरुङ तथा सहारा परिबार , बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका अध्यक्ष हर्क बहादुर गुरुङ र गुम्बा परिबार, तमु धीं लन्डन इकाइ का अध्यक्ष बिष्णु गुरुङ र परिबार, तमु धीं साउथ इष्ट लन्डन इकाइ का अध्यक्ष हेरी गुरुङ र परिबार, बुद्धिष्ट गुम्बा रिडिङ का अध्यक्ष इ. खेम बहादुर गुरुङ र परिवार , लम्जुङ्ग समाज का अध्यक्ष दल गुरुङ र परिबार, बेजिङस्टाेक समाजका अध्यक्ष अेाम गुरुङ, स्याङ्जा जिल्ला समाज युकेको अध्यक्ष सारदा गुरुङ, तमु धीं युके का संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, निबर्तमान अध्यक्ष हितकाजी गुरुङ तथा तमु धीं युके परिवार , काने द्योताने द्याेन्डे तमु समाज युके का उपाध्यक्ष कुमार गुरुङ, चेलिबेटी प्रमुख चन्द्र देबी गुरुङ, दिलरास गुरुङ अध्यक्ष बगर भाइ खलक युके, अेाएनयस युके का महासचिब र बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्थिति थियो । समाजका महासचिव अमर गुरूङ ले सन्चालन उत्त कार्यक्रमको कोर्डिनेशन समाजका उपाध्यक्ष दुर्गा गुरुङले गरेका थिए । कार्यक्रम काे उदेश्य र महत्व बारे चार भन्ज्याङ बृतचित्त भिडियो पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा चार भन्ज्याङ आइसीसी अध्यक्ष ले.चन्द्र गुरुङ, आइसीसी एनआरएनए डिपुटी जेनरल सेक्रेटरी रामशरण शिंखडा, तमु धीं अध्यक्ष हरी गुरुङ र प्रमुख अतिथि महामहिम ज्ञानचन्द्र आचार्यले चेरेटी कार्यक्रम बारे प्रकाश गर्दै आफ्नो मन्तव्य राखेका थिए । च्यारिटी को महत्व बारे प्रकाश गर्दै अध्यक्ष बेनकुमार गुरुङले बिबिध जानकारी गराए । समाजले हरेक बर्ष कार्यक्रम गर्दै आएको र कार्यक्रमबाट उठेको रकम नेपाल स्थित चारभन्ज्याङ गाउँ मा स्थापित टेलिमेडिसीन क्लिनिकमा सहयोग गर्ने गरेको छ ।

सन् २०१३ मा स्थापना भएको क्लिनिकमा आवश्यक औषधी, स्वास्थ्य सामग्री, बिबिध उपकरण मा सहयोग गर्ने गरिएको छ । उक्त क्लिनिकमा चारभञ्ज्याङ बाहेक अन्य द्दिमेकी जिल्ला बाट विरामी हरू उपचार गर्न आउने गरेका छन् । हालसम्म २६ हजारलाई निःशुल्क सेवा प्रवाह भएको छ । संसार भरि करिब ९६ देशसंग टेलिमेडिसीन सम्पर्क सेवा रहेका छन । समाजले शिक्षा क्षेत्र, विद्यालयको भौतिक निर्माण, शैक्षिक सामग्री, कम्प्युटर तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । काेभिड संक्रमणका समयमा अक्सिजन कन्सनट्रेटर, पीपीए, सर्जिकल, मास्क लगायतको स्वास्थ्य सामग्री सहयोग गरेको छ । एनआरएनए युके , तमुधिं यूके, सहारा युके र बिभिन्न पराेपकारी अभियानमा नेपाल सरकारलाई सहयोग गर्दै आएको अध्यक्ष बेनकुमार गुरुङले जनाए । समाजले सामुदायिक भवन, गुम्बा तथा भविष्यमा एग्रो टुरिजम र पर्यटकीय परियोजना सञ्चालन गर्ने र सहयोग गर्ने अध्यक्ष गुरुङले बताए ।

समाजलाई स्थापनाकालदेखि सहयोग र योगदान गर्दै आएका राेजर विलिस र जेनि बिलिस दम्पती , नवनिर्वाचित, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ र श्रीमति सन्ध्या गुरुङ, साहारा युके का अध्यक्ष ले. कुसाङ गुरुङ र श्रीमति पञ्च गुरुङलाई सम्मान गरिएका थिए । समाज मा एक लाख भन्दा बढी अक्षय काेष मा सहयोग पुर्याउने ट्रष्टिज हरू शान्त र किरण गुरुङ,कमल र काेमल गुरुङ, याम र शिला गुरूङ, राम र नन्द गुरूङ र स्वर्गीय बल बहादुर गुरुङ, उच्च शिक्षा हासिल गरेका नानी हरू स्रेया गुरुङ, ऐेन गुरुङ र रूष्मा गुरुङ सम्मानित गरिएका थिए। कार्यक्रम मा निसुल्क पेयपदार्थ उपलब्ध गराउने गुमान गुरुङ र परिबार, सुपथ मूल्यमा भाेजन उपलब्ध गराउने दरबार रेष्टुरेन्ट का प्राेप्राइटर धन बहादुर गुरुङ र परिवार , साउन्ड सिस्टम मा सहयोग पुर्याउने कृष्ण गुरुङ, फाेटाे ग्राफर , पाइपर तथा बिबिध पक्षमा सहयोग पुर्याउने समाज का पुर्ब अध्यक्ष हरू, कार्य समिति , ट्रष्टिज, सल्लाहकार हरू, आमा समूह र जुवाइ चेलिबेटी, भान्जा भान्जी हरूलाई अध्यक्ष गुरुङले धन्यवाद ब्यक्त गरे ।

नेपालबाट आएकी लोक गायिका रूपा घर्तीमगरको बेजोड साँस्कृतिक प्रस्तुति तथा समाज का नानीहरु अनमाेल गुरूङ, सुदिद्द्या गुरुङ, निशचल गुरुङ र मेगान गुरुङ ले नृत्य प्रस्तुत गरेका थिए ।