पल शाह रिहा भए

तनहुँ । उच्च अदालतबाट सफाई पाएपछि पल शाह जेलबाट छुटेका छन् । तनहुँ कारागारले उनलाई सोमबार छाडेको हो । पल कारागारबाट छुट्दा उनकी बहिनीले बुझेकी छन् । कारागारबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा जम्मा भएका छन्। जिल्ला अदालत नवलपुर इमेलमार्फत सोमबार बिहान पललाई थुनामुक्त गरिदिन पत्र पठाएको थियो ।

जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको कसुरमा पललाई अढाई वर्ष कैदको फैसला गरेको थियो । तर त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै पलिलाई सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका पल छुटेका हुन् ।

पल २०७८ फागुन १५ गते तनहुँ प्रहरीको हिरासतमा पुगेका थिए। जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष पलले आत्मसमर्पण गरेका थिए ।