पाकिस्तानका बाढी पीडितका लागि तमु समाज युकेले २१२५ पाउन्ड सहयोग

तमु समाज युकेले लन्डनको वेम्बली बरहाम पार्क स्थित नेपलिज कम्युनिटि सेन्टरमा गत शनिबार ४ फेब्रुअरि २०२३को दिन पाकिस्तानी बढी पीडितहरुका लागि राहत सहयोग रकम हस्तान्तरण गरेका छ ।

तमु समाज युकेले पाकिस्तानी बाढि पीडितहरुको सहयोगार्थ गत बर्ष २०२२को अक्टोबर महिनामा आफ्ना सदस्यहरु तथ शुभचिन्तकहरुबाट संकलन गरेको उक्त राहत सहयोग रकम पाकिस्तानी बाढि पीडितहरुको लागि लन्डन ब्रेन्टमा राहत संकलन कार्यको संयोजन गरि रहनु भएका लन्डन बरो अफ ब्रेन्ट काउन्सिलका Councillor Ishma Moeen मार्फत Indus Hospital Charity UK लाई हस्तान्तरण गरेको हो ।

उक्त सहयोग रकम Indus Hospital Charity UK द्वारा पाकिस्तानी बाढि पीडितहरुका लागि आवश्यक औषधी तथा औषधी उपचारका सामग्रि खरिद गर्न प्रयोग गरिने बताएका छन। सहयोग रकम हस्तान्तरण गर्नुका लागि लन्डन बरो अफ ब्रेन्ट काउन्सिलका Councillor Saqib Buttले बिषेस समन्वयकारि भुमिका निर्बाह गर्नु भएको थियो। राहत हस्तान्तरण कार्यक्रममा ब्रेन्ट काउनसिलका पाँच जना काउन्सिलरहरु Cllr Saqib Butt , Cllr Ishma Moeen, Cllr Teo Benea, Cllr Ihtesham Afzal र Cllr Ajmal Akram, उपस्थित थिए भने तमु समाज युके बाट समाजका अध्यक्ष शिब कुमार गुरुङ, उपाध्यक्ष हर्क बहादुर गुरुङ, महासचिब धरम बल गुरुङ, सल्लाहकारहरु सुबसिङ गुरुङ बिईएम, याम बहादुर गुरुङ, कन्या प्रसाद गुरुङ , केदार बहादुर गुरुङ, कार्यसमितिका सदस्यहरु हारिमान गुरुङ र गंगा बहादुर गुरुङ उपस्थित रहेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रमका संचालक तथा समाजका महासचिब धरम बल गुरुङले तमु समाज युकेले बिगतमा गरेका परोपकारि कार्यहरु बारे संक्षेपमा सबैलाई जानकरि दिएका थिए भने समाजका अध्यक्ष शिब कुमार गुरुङले उपस्थित सबै काउन्सिलरहरु र समाजका पदाधिकारिहरुलाई कार्यक्रममा हार्दिक स्वागत गर्दै गरिमामय उपस्थितिका लागि धन्यवाद सहित आभार ब्यक्त गरेका थिए । त्यस पस्चात तमु समाज युकेका अध्यक्ष शिब कुमार गुरुङले राहत रकम पाकिस्तानी बाढी पीडितहरुको सहयोगका लागि Indus Hospital Charity UK को नाममा २१२५ (दुई हजार एकसय पच्चिस) पाउन्डको चेक संयुक्त रुपमा Cllr Ishma Moeen, र Cllr Saqib Butt लाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा Cllr Saqib Butt ले तमु समाज युके द्वारा गरेका परोपकारि कार्यहरुको प्रशंसा गर्दै पाकिस्तानी बाढि पिडितहरुको लागि राहत संकलन गरिदिनुभएकोमा आभार सहित हार्दिक धन्यवाद ब्यक्त गरेका थिए। यसै गरि ब्रेन्ट काउन्सिल तथा लन्डन बाट पाकिस्तानी बाढी पीडितहरुको लागि रहत संकलन कार्यको संयोजन गरि रहनु भएका Cllr Ishma Moeen ले पनि तमु समाज युकेको सदस्यहरु, शुभचिन्तकहरु र सिङ्गो समुदाय प्रति उदारभवको उच्च सराहना गर्दै धन्यवाद ब्यक्त गरेका थिए। यो सहयोग रकमले Indus Hospital Charity UK द्वारा पाकिस्तानी बाढि पीडितहरुका परिवार, महिला तथा बाल बालिकाहरुका लागी ठुलो राहत पुग्ने बताउनु भएको छ ।

कार्यक्रमको अन्तमा समाजका महासचिब धरम बल गरुङले राहत संकलन कार्यमा सहभागि बनि आर्थिक सहयोग गर्नुहुने समाजका सम्पूर्ण दानबिर सदस्य महानुभावहरु, कार्यक्रममा उपस्थित सबै काउन्सिलरहरु तथा समाजका पदाधिकारिहरुलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।