भव्य रुपले मनायो तमु समाज युकेले हि ल्होछार

शिवशरण गुरुङ – लण्डन

तमु समाज युकेले तमु तथा नेपालीहरुको महान संस्कृतिक पर्ब ल्होछार/ल्होसार कार्यक्रम गत शनिबार ७ जनवरि २०२३मा लण्डन स्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा भब्य रुपमा मनाएको छ।नेपाली राजदूताबास लण्डनका नियोग उप प्रमुख रोशन खानालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृहत तमु हि ल्होछार कार्यक्रमको उदघाटन प्रमुख अतिथी र समाजका अध्यक्ष शिव कुमार गरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गरेका थिए।समुदघाटन कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षतामा सम्पन्न तमु हि ल्होछार औपचारिक कार्यक्रमको सन्चालन समाजका महासचिब धरम बल गुरुङले गरेका थिए।कार्यक्रमा महासचिबले नै आराम्भमा हेल्थ र सेफ्टी सम्बन्धी जानकारी दिए भने अध्यक्ष शिव कुमार गुरुङले स्वागत मन्तब्य राख्दै तमु ल्होछार सेलेब्रेसन र संस्थाको बारेमा सबैलाई संक्षिप्त जानकारि गराएका थिए।त्यसैगरी धन्यबाद मन्तब्य राख्दै कार्यक्रममा प्रतक्ष उपस्थित भई अथव अप्रतक्षरुपमा सहभागी बनि बिभिन्न सहयोग गर्ने सबै संघ संस्थाका महानुभवहरु, समाजका पदाधिकारिहरु र सदस्यहरुलाई उपाध्यक्ष हर्क बहादुर गुरुङले धन्यबाद दिएका थिए।

मन्तब्य राख्‍नेक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूताबास लण्डनका नियोग उप प्रमुख रोशन खानालले तमु समाज युकेले भव्यताकासाथ आयोजना गरेको बिशाल तमु ल्होछार कार्यक्रममा सहभागी हुन पाउदा अत्यन्त खुशि हुँदै तमु समाज युकेले आफ्नो नेपाली कला, संस्कृती, धर्म र परम्परालाई जगेर्ना गर्नाका लागि पुराउनु भएको योगदान र देश बिदेशमा गरेका बिभिन्न किसिमका सामाजिक सेवा र परोपकारि कार्यहरुको मुग्ध कन्ठले प्रसंशा गर्दै हि ल्होछार र अंग्रेजि नयाँ बर्षको पावन अवसरमा सबैलाई शुख शान्ति सुस्वास्थ्य दिर्घायु र उत्तरोउत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गरेका थिए। प्रमुख अतिथिले कार्यक्रममा कलाकारहरुले गरेको उत्कृष्ट नृत्य प्रस्तुतिहरुको पनि प्रसंशा गरेका थिए ।

बिगतका जस्तै यस बर्षको हि ल्होछार कार्यक्रमको अवसरमा पनि समाजका नयाँ आजिबन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्याज बितरण गरि समाजमा औपचारिक रुपमा स्वागत गरिएको थियो। यसको अलवा शैक्षिक सत्र २०२१/२२मा स्नातक तथा स्नाकोउत्तर तहमा सफलता प्राप्त बिध्यार्थीहरु तथा बिगतको बर्षहरुमा सामाजिक जीबनको बिभिन्न पक्षमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै समाजिक सेवा र संस्थाको बिकासमा उल्लेख्य योगदान पुराउने बिभिन्न महानुभावहरुलाई तमु समाज युके बिशिष्ठ समाज सेवा सम्मान (लाईफ टाईम एचिभमेन्ट एवार्ड – २०२३), तमु समाज युके उत्कृष्ट समाज सेव सम्मान पत्र २०२३ तथा प्रशंसा पत्रहरु प्रदान गरिएको थियो। सम्मान तथा प्रशंसापत्र बितरणमा प्रमुख अतिथी नेपाली राजदूताबास लण्डनका नियोग उप प्रमुख रोशन खानाल, ब्रेन्टका काउन्सिलर सकिब बट र समाजका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, उपाध्यक्ष हर्क बहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमा देबि गुरुङ सहाभागी भएका थिए ।

यस बर्षको ल्होछार कार्यक्रममा समाजको स्थापनाकाल देखि अनावरतरुपमा बिभिन्न महत्वपुर्ण पदहरुमा रहेर सामाजिक जीबनको बिभिन्न क्षेत्रमा तमु समाज युकेको संरक्षण, सम्बर्धन र बिकास गर्नको निम्ती अहोरात्र खटिई अतुलनिय योगदान गरेका सामाजिक अभियन्ताहरु तमु समाज युकेका पूर्ब उपाध्यक्ष द्वय रेनु माया गुरुङ र बिजु गुरुङ, निबर्तमान अध्यक्ष शिव चन्द्र गुरुङ र पूर्व कोषाध्यक्ष उदय गुरुङलाई तमु समाज युके बिशिष्ठ समाज सेवा सम्मान (लाईफ टाईम एचिभमेन्ट एवार्ड २०२३) बाट सम्मान गरिएको थियो।सम्मानित चार ब्यक्तित्वहरुलाई कार्यक्रमाका प्रमुख अतिथि, समाजका अध्यक्ष र आमा समुहका अध्यक्ष उमा गुरुङले बिषिष्ठ सम्मान पत्र प्रदान सहित फेटा र खादा लगाई सम्मान गरेका थिए ।

यसैगरि तमु समाज युकेले प्रत्येक बर्ष ल्होछारको अबसरमा सामाजिक जीवनको बिभन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्याक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र बाट सम्मान गर्ने गरेको छ। यस बर्ष तमु समाज युकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२३ बाट सल्लाहकार लेप्टेनेन्ट थम प्रसाद गुरुङ, सल्लाहकार हितमान गुरुङ, खबर यूकेका संस्थापक सदस्य पत्रकार ईन्द्र गुरुङ र एभरेष्ट क्यास एण्ड क्यरिका प्रोपाईटर आश बहादुर गुरुङलाई सम्मान गरिएको थियो। यसैगरि कोरोना महामारिको समयमा सामाजिक सेवाका बिभिन्न कार्यहरु गरेर अतुलनिय योगदान पुराउनु भएकोमा सामाजिक अभियान्त पार्वति गुरुङलाई प्रसंशा पत्र प्रदान गरि सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूताबास लण्डनका नियोग उप प्रमुख रोशन खानाल र वहाँका पति करुना अर्याललाई पनि समाजको तर्फबाट दोसल्ला, फेटा र पुष्पगुच्छा प्रदान गरि सम्मान गरेका थिए।

सांस्कृतिक तथा मनोरन्जन कार्यक्रममा पूर्ब सांस्कृतिक सचिब तथा तमु चलचित्रका नायिका सरु गुरुङ रानाको करियोग्रफिमा तमु समाज युकेको आमा समूह, युबा समूह तथा स्थानिय कलाकारहरुबाट उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिएको थियो। साँस्कृतिक कार्यक्रममा अर्को आकर्षण नेपाल बाट अउनुभएको लोक गायक द्वय पृथ्विमान गुरुङ र जुना शिरिस मगरको जोडदार गित प्रस्तुतिमा कार्यक्रममा उपस्थित सबैले नाचेर साथ दिएका थिए ।

तमु समाज युकेका पूर्ब सांकृतिक सचिब सरु गुरुङ रानाको कोरियोग्रफि र उपाध्यक्ष बिन्दु घलेको ब्यबस्थापनमा प्रस्तुत नृत्य तथा सांस्कृतिक कार्यक्रमको संचालन निरज गुरुङ र सुश्री माहान्त गुरुङले गरेका थिए ।

लामो समयको अन्तराल पश्चात् यस बर्षको हि ल्होछार सेलेब्रेसन कार्यक्रममा अतिथिको रुपमा तमु धिं युकेका मूर्धन्य ब्यक्तित्व द्वय अध्यक्ष हरि गुरुङ र निबर्तमान अध्यक्ष हित काजि गुरुङको बिषेस उपस्थिति सहित अन्य उपस्थितिहरुमा गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गहा मगर, पूर्ब मेयर तथा काउन्सिलर बिष्नु बहादुर गरुङ, काउन्सिलर सकिब बट, काउन्सिलर कमल गुरुङ, रोयाल ग्रिनविच नेपालिज एसोसिएस युकेका अध्यक्ष काउन्सिलर जित राना भाट, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष रन बहादुर गुरुङ, तनहुँ समाज युकेका अध्यक्ष केसर राना, पोखरेली मन्च युकेका अध्यक्ष करम गुरुङ, पर्बत वेलफेयर सोसाईटी युकेका अध्यक्ष अप्सरा गुरुङ, बेजिङस्टोक गुरुङ समाज युकेका अध्यक्ष दुर्गा गुरुङ, साहारा युकेका अध्यक्ष लेप्टेनेन्ट कुसाङ गुरुङ, तमु कलाकार सांस्कृतिक मंच युकेका अध्यक्ष कुमार गुरुङ, तमु कलाकार सांस्कृतिक मंच युकेका युकेका संस्थापक अध्यक्ष तथा भुम्दी कालाबङ घरेडी समाज युके निबर्तमान अध्यक्ष सुर्य गुरुङ, घन्द्रुक समाज युकेका अध्यक्ष नारायन सिङ गुरुङ, दुर्लुङ समाज युकेका अध्यक्ष कुलराज गुरुङ, श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेका अध्यक्ष जङ्ग बहादुर गुरुङ, धादिङ नुवाकोट समाज युकेका अध्यक्ष धन बहादुर तामाङ, बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष ईन्स्पेक्टर खेम बहादुर गुरुङ उपस्थित हुनुहुन्थ्यो ।

त्यस्तै डाईमन्ड बुद्धिष्ट सेन्टर युकेका अध्यक्ष योगेस गुरुङ, पंचासे समाज युकेका अध्यक्ष शिव राम गुरुङ बिईएम, दक्षिण पूर्बि क्षेत्रिय तमु धिं लण्डनका अध्यक्ष हेरि गुरुङ, चार भाङज्याङ तमु समाज युकेका अध्यक्ष बेन कुमार गुरुङ, गुरुङ सोसाईटी केन्ट युकेका उपाध्यक्ष गोलमान गुरुङ, मगर संघ युके वेम्बली ब्रन्चका अध्यक्ष गन्ज बहादुर आले, मर्दि खोला समाज युकेका अध्यक्ष चन्द्र सिङ गुरुङ, गोर्खालि समाज युकेका सचिब श्रीमती हिमाला देवी गुरुङ, मेन्दोमाया समाज युकेका उपाध्यक्ष तुल बहादुर तामाङ,गोर्खा जिल्ला गुरुङ समाज युकेका उपाध्यक्ष मिन कुमार गुरुङ, लमजुङ समाज युकेका उपाध्यक्ष पुर्ण राज गुरुङ, थाउजन्ड बुद्ध युकेका कोषाध्यक्ष सुरेन्द्र गुरुङ, बिसिसि लन्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङ, थान्को डाँडा समाज युकेका अध्यक्ष कन्य प्रसाद गुरुङ, रोयाल ग्रिनविच नेपालिज एसोसिएसनका युकेका सम्रक्षक हरि गोबिन्द गुरुङ, आईएमई लन्डनका निर्देशक कमल पौडेल, ए स्टार फाईनानसियल सोलुसन युकेका निर्देशक मिन दर्लामी, तमु धि एसोसिएसनका युकेका पूर्ब अध्यक्ष शुबसिङ गुरुङ बिईएम, गोर्खा नेपलिज वेलफेयर सोसाईटि युकेका उपाध्यक्ष श्रीमती बिष्नु गुरुङ, मगर संघ युकेका मिडिय सेक्रेटरि किशोर राना, एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापा, नेपाल पत्रकार महा संघ युकेका संस्थापक अध्यक्ष तथा कान्तिपुर पब्लिकेसनका बेलायत सम्बाददाता नबिन पोख्रेल, गोर्खा मेडियाका पत्रकार ईन्द्र गुरुङ र एभरेष्ट क्यास एण्ड क्यरिका प्रोपाईटर आश बहादुर गुरुङ लगायतका अतिथिहरु थिए। बृहत ल्होछार कार्यक्रममा समाजका सदस्यहरु, परिवार र नेपाली तथा तमु समुदायको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्नको निम्ति समाजका संस्थापक अध्यक्ष, पूर्ब अध्यक्षहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु, आजिबन सदस्यहरु, सदस्यहरु, युवा समूह, आमा समूहका साथै र समाजको शुभेच्छुकहरुले महत्वपूर्ण भुमिका निर्बाह गरेका थिए ।

हि ल्होछार सेलेब्रेसन सांस्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्यहरुको प्रस्तुति गरेका कलाकारहरु सरु गुरुङ राना, माया गुरुङ, बिन्दु घले, बिमला गुरुङ, टिका गुरुङ, रितु गुरुङ, सिधार्थ गुरुङ, गौरब गुरुङ, प्रजु गुरुङ, सुजिता गुरुङ, ओसिअन राना, सुमि गुरुङ, जरिना गुरुङ, दिया लिम्बु, निया राई, गिरिसा काफ्ले, मन कुमारि गुरुङ, सुबिना घले, अर्जुन कुमार गुरुङ, केदार बहादुर गरुङ, उदय गुरुङ र अतिथि कलाकार द्वय पृथ्वि मान गुरुङ र जुना शिरिस मगरलाई धन्यबाद ब्यक्त गर्दै खादा र कदरपत्र बाट सम्मान गरिएको थियो ।

कार्यक्रममा टेक बहादुर गुरुङ र शिव राज गुरुङले फोटोग्राफी गरेका थिए भने भिडियोग्राफी बिसन गुरुङ र साउण्ड सिस्टमको ब्यबस्थापन बिशाल मोक्तान र प्रज्वल गुरुङले गरेका थिए। यसैगरि कार्यक्रममा खाना तथा पिउने पदार्थको सम्पूर्ण ब्यबस्थापन रारा केटर्सका प्रोपाईटर प्रताप रायमाजि र सहयोगिहरुले गरेका थिए ।

दिउसो ४ :३० बजे आरम्भ भएको हि ल्होछार कार्यक्रमको अन्तमा सबैजनाले बिशाल मोक्तानको डिजेमा आफुखुशीको नाच नाचेर मध्यरात सम्म भरपुर मनोरन्जन लिएका थिए ।