अन्तर्राष्ट्रिय बाग्लुङ समाजको संरक्षकमा बेलायतबाट महेन्द्र केसी मनोनित
अन्तर्राष्ट्रिय बाग्लुङ समाजले संरक्षकहरू चयन गरेको छ । अंग्रेजी नयां बर्षको पहिलो दिन अर्थात् २०२३/०१/०१ आईतबारको दिन अन्तर्राष्ट्रिय बाग्लुङ समाजको दोश्रो अधिवेशन बाट निर्वाचित कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता बसेको कार्यसमितिले उक्त निर्णय गरेको हो । उक्त बैठकमा अन्य विभिन्न महत्वपुर्ण ए्जेण्डाहरूमा छलफल निर्णय गरेको छ ।
बाग्लुंगे समाज बेलायतमा लामो समयमा काम गर्नु भएका केसी अन्तराष्ट्रिय बाग्लुङ समाजका संस्थापक संरक्षकमा रूपमा हुनुहुन्थ्यो । समाज गठनका बेला विधान बनाउने देखि लिएर हालैको अघिवेशनमा निर्वाचन समितिमा बसेर समेत उल्लेखनीय भुमिका निर्वाह गर्नु भएको अध्यक्ष शर्माले बताउनु भयो ।
बिदेशमा श्रम गरेर बंचेको थोरै समयलाई स्वदेशमा आफ्नो जिल्ला केहि गर्नु पर्छ भनेर युवाहरूलाई हौसला दिने र आंफु पनि सकृय रहने केसी नेपालमा छंदा समेत विभिन्न संध सस्थामा रहि आफ्नो कुशल छवि बनाई सकेका कारण पनि संरक्षकमा मनोनय गरिएको अध्यक्षले बताउनु भयो ।