
गोरखा जिल्ला गुरुङ समाज यूकेले पनि भब्य ल्होसार कार्यक्रम सम्पन्न
हरि गुरुङ, लण्डन
गोरखा जिल्ला गुरुङ समाज यूके द्वारा आयोजित तमुहरुको (गुरुङहरुको) महान पर्व हि ल्हो ल्होछार/ल्होसार कार्यक्रम अल्डरसट स्थित एम्पाएर हलमा १ जनवरी 2023 आइतबारका दिन भब्यताका साथ सम्पन्न भएको छ । समाजका महासचिव क्या. शेर बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने फान्बोरो, अल्डरसट क्याम्बरलीका संयोजक रेशम गुरुङले सुरक्षा प्रणाली बारे अवगत गराएका थिए ।
समाजका अध्यक्ष श्री गौतम गुरुङ बाट दीप प्रज्वलन गरी सबैलाइ हि ल्होसारको शुभकामनाको साथमा कार्यक्रमको सुरुवात गरिएको थियो । उक्त हि ल्हो ल्होछार/ल्होसार कार्यक्रममा वेलायतका विभिन्न सङघ संस्थाहरु बाट आमन्त्रित अतिथिहरुमा तमु धीं युकेका अध्यक्ष श्रीमान,श्रीमती हरि गुरुङ, तमु समाज युकेका अध्यक्ष श्रीमान,श्रीमती शिव कुमार गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष श्रीमान श्रीमती दल बहादुर गुरुङ, इलम पोखरी समाज यूकेका अध्यक्ष श्रीमान श्रीमती परशुराम गुरुङ, गोरखा किचेनका प्रोपाइटर श्री भिम गुरुङको सहभागिता रहेको थियो । यसै गरी नेपालबाट आमनन्त्रित म्युजिक भिडियो तथा चलचित्रकर्मीको समूह निर्देशक दीप गुरुङ, नायक तथा मोडल आनन्द गुरुङ, नायिका तथा मोडल लक्ष्मी गुरुङ र तमुधी युकेले आमन्त्रित कलाकारहरु लोकदोहोरी गायक चिज गुरुङ, सुरेन्द्र गुरुङ र भिमु गुरुङको सहभागिता रहेको थियो ।
उक्त ल्होसार कार्यक्रममा गोरखा जिल्ला गुरुङ समाज यूकेका सदस्य तथा छोराछोरीहरुले युकेका बिभिन्न विश्व विद्यालयहरुबाट विभिन्न विषयमा व्याच्युल्स डिग्री र मास्टर डिग्री गरेका नानीबाबूहरुलाइ समाजका अध्यक्ष श्री गौतम गुरुङले खदा लगाएर सम्मान गरेका थिए । बाग वर्गलाई विदाई र बिरालो वर्गलाई स्वागत गर्दै मनाउने यस बर्षको हि ल्हो ल्होछार कार्यक्रम समाजको स्थापना कालदेखिको सबैभन्दा धेरै कलाकारहरु सहभागीता रहेको थियो ।

निर्देशक दीप गुरुङ, नायक तथा मोडल आनन्द गुरुङ र मोडल तथा नायिका लक्ष्मी गुरुङ, लगायत स्थानीय कलाकारहरुले विभिन्न गीतहरुमा उत्कृष्ट नृत्य गरेर भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । साथमा चर्चित दोहोरी गायक चिज गुरुङ, सुरेन्द्र गुरुङ र दोहोरी गायिका भीमु गुरुङले विभिन्न दोहोरी गीतहरुमा उपस्थित दर्शकहरुलाई उफारि उफारी नचाएका थिए ।
कार्यक्रममा समाजका सास्कृतिक संयोजक सुवास गुरुङ बाट लोपन्मुख सोरठी नाचको प्रस्तुति गरेका थिए । उक्त सोरठी नाचमा, दिनेश गुरुङ, अनिल गुरुङ, हरि गुरुङ, एलिसा गुरुङ, एलिजा गुरुङ र सांस्कृतिक संयोजक सुवास गुरुङको अति नै उत्कृष्ट सामूहिक प्रस्तुती रहेको थियो । यसैगरी श्रीमती बिमला गुरुङले गुरुङ भाषाकाे गीत ङै नासरी बोलको गीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए । यसैगरी सुलकसिन गुरुङले हे कान्छी बोलको गीतमा अति नै मिठो नृत्य प्रस्तुती गरेका थिए । थप मनोरञ्जनको लागि FCA आमा समूहका अध्यक्ष श्रीमती देउ माया गुरुङको संयोजकमा भाग्यशाली चिठ्ठा उपहार कार्यक्रम राखिएको थियो। जसमा पहिलो पुरस्कार एक तोलाको सुन दोस्रो पुरस्कार Apple Watch र तेश्रो पुरस्कार कानमा लगाउने आधा तोला सुनको गोकुल राखिएको थियो । जसमा तृतीय पुरस्कार Ashmi Jewellers Ashford UK ले प्रायोजन गरिएको थियो ।
अन्तमा लोकदोहोरी गायक चिज गुरुङ र भिमु गुरुङले विभिन्न दोहोरी गीतहरुमा सबैलाई नचाएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको निर्धारित समयमै कार्यक्रम सफलतापूर्वक पूरा भएको थियो । कार्यक्रमको अन्तमा समाजक उपाध्यक्ष मीन गुरुङले उपस्थित सम्पूर्ण सदस्यहरुलाई हि ल्होछारको शुभकामना र धन्यवाद दिँदै , अर्को वर्ष पनि यसरी नै रमाइलो गर्ने प्रणको साथ कार्यक्रमको समापन गरिएको थियो ।
