तमु धि यूकेमा नयाँ कार्य समिति गठन, अध्यक्षमा हरि गुरुङ
बेलायतमा गुरुङहरुको (तमुहरुको) सबैभन्दा ठुलो संस्था तमु धि यूकेको नयाँ कार्यसमिति- १२औ कार्यसमिति गठन भएको छ । मिचेट स्थित आफ्नै भवनमा आज सम्पन्न वार्षिक साधरण सभा तथा महाधिबेशनले नयाँ कार्य समिति गठन गरेको हो । अध्यक्षमा निबर्तमान बरिष्ठ उपाध्यक्ष हरि गुरुङ सर्बसमत अध्यक्षमा चयन हुनुभएको हो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा जुम काजी गुरुङ र निबर्तमान महासचिब पर्शुराम गुरुङ तथा निबर्तमान कोषाध्यक्ष कमल गुरुङ उपाध्यक्षमा निर्बिरोध चयन हुनुभएको छ । महासचिबमा डाक्टर बिशाल गुरुङ र सचिबमा बिमल गुरुङ चयन भएका छन । त्यस्तै तमु धि यूकेको ईतिहासमा श्रीमती दिल माया गुरुङ पहिलो पटक महिला कोषाध्यक्ष चयन हुनुभएको छ । त्यस्तै सह-कोषाध्यक्षमा दुर्गा गुरुङ, खेलकुद सचिब वा संयोजकमा क्याप्टेन दिपक घले तथा साँस्कृतिक सचिबमा साधुराम गुरुङ नियुक्त हुनुभएको छ ।
त्यस्तै अर्को महत्वपूर्ण पदहरु- संचार संयोजक अर्थात मीडीया सेक्रेटरीमा एसके गुरुङ, मिलन तमु र मदन गुरुङ नियुक्त भएका छन भने युवा संयोजक राजेन्द्र गुरुङ, च्यारिटी संयोजक कुमार घले र प्रोपर्टी मेम्बर अरुण गुरुङ चुनिएका छन् । अन्य कार्य समिति सदस्यहरुमा भोज गुरुङ, मोति गुरुङ, लिदिया गुरुङ, हेलिसा गुरुङ, बिनु गुरुङ, चन्द्रादेवी गुरुङ, गुड्डु गुरुङ, नरबहादुर गुरुङ, दीपक गुरुङ र सोम घले छन् ।
त्यसैगरी, आमा समूहको अध्यक्षमा सन्ध्या गुरुङ निर्वाचित भएकी छिन् । आमा समूहमा उपाध्यक्षहरु कमला गुरुङ, नन्दकुमारी गुरुङ र जया गुरुङ, महासचिव शान्ता गुरुङ, सचिव अञ्जु गुरुङ, कोषाध्यक्ष मुना गुरुङ र सहकोषाध्यक्ष श्रीमती ध्रुव गुरुङ सहित १५ सदस्यहरु छन् ।
सल्लाहकार एकेन्द्र गुरुङ प्रमुख आयुक्त तथा मेजर कृष्णबहादुर गुरुङ र नारायणसिंह गुरुङ आयुक्त रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचन गराएको थियो । नव निर्बाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले शपथ ग्रहण गराएका थिए ।
निबर्तमान अध्यक्ष हितकाजी गुरुङको अध्यक्षता सम्पन्न वार्षिक साधरण सभाको पहिलो सत्रमा निवर्तमान अध्यक्ष हित काजी गुरुङ, महासचिव परशु गुरुङले र कोषाध्यक्ष कमल कोने गुरुङले अआफ्नो सम्बन्धित वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा संस्थाका ६ वटै क्षेत्रीय समितिका अध्यक्षहरुले पनि आ-आफ्ना समितिका प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । निबर्तमान अध्यक्ष हित काजी गुरुङले दुई बर्ष अघि कार्यभार सम्हाल्ने क्रममा संस्थाको आर्थिक अवस्था बलियो बनाउने प्रतिवद्धता गरेअनुसार आफ्नो कार्यकालमा तमु धि यूकेको कोषमा २० हजार पाउन्ड बढी नाफा गरेर ८४ हजार पाउन्ड पुर्याइएको जानकारी दिनुभयो । तमु धि यूकेको ईतिहासमा यत्तिका धेरै नाफा गरेर संस्थाको कोष बढाउनमा उहा सफल हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष हरि गुरुङ निवर्तमान समितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो भने त्यसअघि उहाँले उपाध्यक्ष, महासचिव लगायतका अन्य महत्वपूर्ण पदहरु सफलतापुर्बक निर्बाह गरिसक्नु भएको थियो । यहाँको कार्यकालमा तमु धि यूकेले केही त्यस्तो नौलो अनि पृथक योजनाहरु केही छन कि ? भन्ने खबर यूकेको प्रश्नमा उहाँले तमु धि यूकेको बर्तमान कार्यक्रमहरुलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमहरुबारे हाललाई खासै नसोचेको तर तमु धि यूकेको हालको प्रतिष्ठलाई आँच आउने वा नघटाउने प्रतिबध्दता गर्नु भयो ।
करिब दुई सय भन्दा बढी सदस्यहरु उपस्थिती रहेको आजको वार्षिक साधरण सभा तथा महाधिबेशनमा निबर्तमान अध्यक्ष हित काजी गुरुङले नेतृत्व हस्तान्तरण गर्दै आफ्नो कार्यकाललाई सफल पार्न प्रतक्ष्य अप्रतक्ष्य सहयोग गर्नुहुने सबैप्रति आभार तथा धन्यवाद प्रकट गर्नुभयो ।
तमु धि यूकेले आगामी शनिबार डिसेम्बर ३१ तारिख शनिबार अल्डरसट स्थित एम्पायर हलमा ल्होसार मनाउने कार्यक्रम राखेको छ । यसका लागि नेपालबाट दोहोरी गायक चिज गुरुङ र गयीका भिमु गुरुङ यूके आइसक्नु भएको छ । नब निर्वाचित अध्यक्ष हरी गुरुङलाई सबैलाई चुल्हो निम्तो गर्नुभएको छ ।
नव निर्बाचित अध्यक्ष्य हरि गुरुङज्युसँग खबर यूकेका संस्थापक सदस्य ईन्द्र घोथानेले लिनुभएको संक्षीप्त अन्तर्बाता !!