समानुपातिकमा एमालेले १० लाख मत कटाए, अरु पार्टीले कति पाए ?

काठमाडौँ- आम चुनावको मतगणना जारी छ । कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेको छैन । हालसम्म मतगणना भएका क्षेत्रमध्ये नेकपा एमालेले १० लाख १७ हजार ६५६ मत ल्याएको छ ।

नेपाली कांग्रेसले ९ लाख ७० हजार ८७७ मत ल्याएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार हजार ५९४ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

राप्रपाले २ लाख ६० हजार १२० मत पाएको छ ।

एकिकृत समाजवादीले ७१ हजार ६६७ मत ल्याएको छ ।

जनता समानजवादी पार्टीले १ लाख २९ हजार १५७ मत पाएको छ भने लोसपाले ५४ हजार २०० मत ल्याएको छ ।