माधवकुमार नेपाल र रामचन्द्र पौड्याल बिजयी
रौतहट — रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका माध कुमार नेपाल विजयी भएका छन् । नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत ल्याएका छन् भने एमालेका गुप्ताले २६ हजार ९२२ मत पाएका छन् । यहाँ जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १ हजार ४११, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्रले ४५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरोजकुमारीले ३५३ मत पाएकी छिन् ।
नेपाल ०७४ मा काठमाडौं-२ बाट निर्वाचित भएका थिए । तर एमाले विभाजित भएपछि एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार थिए ।
त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३ सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९ हजार ९४३ मत प्राप्त गरेका छन् ।