चलचित्र “शिरसुबा” गुरुङ चलचित्र नभइ मुलधारकै चलचित्र रहेको दर्शकको दाबी
लण्डन । ग्रिनविच भलिबल परिवारले घान्द्रुकको मेश्रो बराह स्कुलको कक्षा एघारा र बारा संचालन तथा स्तर उन्नतीको सहयोगार्थ प्रदर्शन गरिएको गुरुङ चलचित्र “शिरसुबा” गुरुङ चलचित्र नभइ मुलधारको चलचित्र रहेको दर्शकको दाबी छ । प्लम्स्टेडको वोर्किङ म्यान्स क्लबमा प्रदर्शन गरिएको उक्त चलचित्र १५० जना बढी दर्शकहरुले उत्सुकतासाथ हेरेका थिए र चलचित्र मुलधारकै चलचित्र बराबर रहेको प्रतिकृया दिएका छन । चलचित्र उत्कृष्ट रहेको दर्शकहरुले दावी गरेका छन ।
चलचित्र प्रदर्शनमा ग्रिनविच बोरो काउन्सिलका काउन्सिलर जित रानाभाट, तमु धि लन्डन इकाइका अध्यक्ष ह्यारी गुरुङ, जनजाती महासंघ बेलायतका अध्यक्ष कर्म पहाडी शेर्पा, ग्रिनविच युथका अध्यक्ष लछुमन गुरुङ र उपा-अध्यक्ष डा. सुदर्शन गुरुङ्, एनआरएनए युकेका पूर्व सचिब फनिद्रा भट्टराइ, जमघट परिवारका अध्यक्ष ब्रुस कुमार्, घोताने/घोन्डे चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङ र उहाको शृमान नारायण बहादुर गुरुङ्एम.भि.ओ, समाज सेवी पबित्र गुरुङ, ग्रिनविच परिवारका सदस्यहरु लगयात नेपाली चलचित्रलाई माया गर्नुहुने अन्य थुप्रै दर्शकहरुको घुइचो थियो ।
कार्यक्रम गृनविच परिवारका सचिब उमेस चन्द ठकुरीले संचालन गर्नुभएको थियो भने निर्माता बिमल गुरुङले उपस्थित सबैजनालाई चलचित्र हेर्न आउनु भएकोमा धन्यबाद दिनुभएको थियो । दुई घन्टाको चलचित्र हेर्न प्राय युवा बर्गका दर्शकहरु बढी थिए र अन्य गैर-गुरुङहरु पनि चलचित्र हेर्न आउनुभएको थियो र चलचित्र हेरिसकेपछी गैर-गुरुङ दर्शकहरुले चलचित्र गुरुङ नभइ मुलधारको नेपाली चलचित्र सरह रहेको कुरा प्रतिकृया दिएका हुन ।
निर्माता बिमल गुरुङले चलचित्र हेर्न आउनु हुने सबै दर्शकलाई चलचित्रलाई माया गर्नु भएकोमा र घान्द्रुकको स्कुलको स्तर उन्नतीको (परोपकारी कामको लागि) सहयोग गरिदिनुभएकोमा उपस्थित सबैलाई धन्यबाद दिनुभयो । साथै चलचित्र प्रदर्शनको लागि ब्यबस्थापन गरिदिनुभएका अनिल गुरुङ, अमर गुरुङ, उमेस चन्द ठकुरी र मनिष गुरुङलाई बिशेष धन्यबाद दिनुभयो ।
चलचित्र पहिलो चरण स्विन्डन, दोस्रो अल्डरसोट, तेस्रो योर्क र चौथो प्लम्स्टेडमा प्रदर्शन भयो । अब तिहारपछि रिडिङ लगायत यूकेका अन्य तीन स्थानमा दर्शकको माग आएको निर्मता गुरुङले जानकारी दिएका छन ।