डाइमन्ड बुध्दिष्ट सेन्टर यूकेद्वारा बेलायती बडामहारानी स्वर्गिय इलिजाबेथको नाममा दिप प्रज्वलन

लण्डन । डाइमन्ड बुध्दिष्ट सेन्टर यूकेद्वारा बेलायती बडामहारानी स्वर्गिय इलिजाबेथ द्वित्तियाको नाममा बकिङ्गघम दरबार अगाडी मोलम वाचन तथा दिप प्रज्वलन गरी बडामहारानीको चीर शान्तीको कामना गरियो । श्रध्देय मूल गुरु खेन रिम्पोछे शिर लामा गुरुङ ज्यु तथा DBC परिवारद्वारा स्वार्गीय महारानीको तस्बिरमा खादा, पुष्प गुच्छा चढाई र दिप प्रज्वलन गरी मोलम वाचन गर्‍यो |

उक्त्त दिप प्रज्वलन कार्यमा DBC UK का अध्यक्ष योगेश गुरुङ, कोष अध्यक्ष श्रीमती रत्न गुरुङ ज्यु, प्रमुख सल्लहाकार राम गुरुङ ज्यु, संस्थापक उपाध्यक्ष श्रीमती मिना गुरुङ, सस्थापक कोष अध्यक्ष सुर्जा गुरुङ, पुजा मण्डप सचिव पंचा मान गुरुङ, गुम्बा मेनेजर मान छान्त्यल, गुम्बा मेनेजर बिर बहादुर गुरुङ, सिनियार सल्लाहकार ओम गुरुङ, सल्लाहकार धन माया गुरुङ, सल्लाहकार शिवा राम गुरुङ (BEM), सदस्यहरु: श्रीमती भानु छन्त्याल, श्रीमती मन माया गुरुङ, पुजा मण्डप सचिव श्रीमती धन ज्योति गुरुङ, श्रीमती रुप सुवा गुरुङ, श्रीमती बिमला गुरुङ, श्रीमती मिना कुमारी गुरुङ (ओम गुरुङ) श्रीमती मिना गुरुङ, श्रीमती नन्द माया गुरुङ, श्रीमति मीन काशी गुरुङ, ८१ बर्षिय जेष्ठ नागरिक आईतराम गुरुङ उपस्थित हुनुहुन्थ्यो ।

करिब एक घण्टासम्म स्वर्गिय महारानीको सम्झनामा बुद्ध मोलम वाचन गर्दा धेरै बिदेशीहरुले अचम्म मान्दै तस्बिर खिचे, केहि मानिसहरु हात जोडेर संगै प्रार्थना पनि गरे । तीन स्थानिय बेलायती अनलाईन पत्रकारहरुले छोटो अन्तर्वाता पनि लिएका थिए । तिमीहारु को हो ? कहाँदेखि आउनु भएको ? के गाउनु भएको ? कति दिनको पब्लिक (सार्बजनिक) बिदा हुनुपर्छ ? देशको अर्थतन्त्र कस्तो हुन्छ ? यसैगरी डिबिसी युकेको ब्यानर बारमा सजाएर राख्दा प्रहरी आएर यो ब्यानर के हो भनि सोधेका थिए ? पछी पढ्नु भयो र खुशी हुनुभयो । बोल्दै जाँदा उक्त्त प्रहरी पनि नेपाली नै रहेछ । यो कस्तो संयोग ! साँझ परे पनि बकिङ्गघम दरबार वरपर मानिसहरुको घुईचो उत्तिक्कै थियो र पूजा कार्यक्रम देखेर वा हेरेर मनिसहरु अचम्म मान्दै थिए ।

सोही दिन बिहान DBC UK को गुम्बामा बडामहारानीको तस्बिर सजाएर पुजा आराधना गरि प्रारम्भ भएको शोक कार्यक्रम प्रमुख सल्लाहकार राम गुरुङको नेत्रित्वमा एक मिनेट मौन धारण गरि समापन गरेको थियो । आफ्नो जीवनकाल यस किसिमको अवसर बिरलै प्राप्त हुने र पूजामा सहभागी सदस्यहरुले खुशी तथा भावुक भएका थिए । एतिहासिक र सम्झनालायक अबसर मानी सहभागी सदस्यहरु खुशी ब्यक्त गरे भने बडामहारानीको स्वर्गरोहणमा सबैले दु:ख ब्यक्त गरे ।