सफल ब्यवसायी बिजय गुरुङद्वारा रिडिङ बुध्दिष्ट गुम्बालाई आर्थिक सहयोग
लण्डन । काठमान्डौ बाघ दरबार सुन्धारा स्थित प्रसिध्द होटल “सिङगापुर गेष्ट हाउस”को मालिक सफल ब्यवसायी बिजय गुरुङद्वारा रिडिङ बुध्दिष्ट गुम्बालाई तेह्र सय पाउण्ड आर्थिक सहयोग गरेको छ । हाल बेलायत भ्रमण रहेको गुरुङले बिदेशमा रहेर पनि नेपालीहरुले धर्म र संस्कृतिप्रति गरेको अगाध श्रध्दा र मायाबाट प्रभावित भई आफ्नो तर्फबाट पनि सकेको सहयोग गरेको कुरा खबर यूकेका सदस्य ईन्द्र घोथाने गुरुङलाई बताउनुभयो ।
बिशेष गरेर बुध्दिष्ट गुम्बा रिडिङको प्रमुख खेन्पो शिर लामा गुरुको दिब्य प्रबचनबाट आफु ज्यादै प्रभावित भएको र श्रध्देय गुरुको यस पवित्र गुम्बा निर्माण वा खरिद कार्यमा सहाभागी हुन पाउँदा पुन्य कमाएको कुरा ब्यक्त गर्नुभयो । समय र बिभिन्न कारणले धर्म संस्कृतिको संरक्षण र प्रबर्ध्दन गर्न गार्हो भएको हालको समयमा बिदेशी भुमीमा पनि आफ्नो धर्म संस्कृति जोगाउन र प्रबर्ध्दन रिडिङ निवासी नेपालीहरुको यस पवित्र कार्यलाई हौसला दिन आफुले सहयोग गरेको कुरा बताउनुभयो ।
रिडिङ स्थित रिडिङ बुध्दिष्ट गुम्बाले हालसालै गुम्बाको लागि ठुलो क्षेत्रफल भएको भवन खरिद गरेको छ भवनलाई मर्मतसंभार गर्दै गुम्बामा परिणत गर्दैछ ।
नेपाल काठमान्डौ स्थायी बसोबास भएपनि गुरुङ तमु धि यूकेको पनि आजीवन सदस्य बनेका छन । यस पटकको यूके भ्रमणको बेला नेपाली मेला २०२२मा सहाभागी हुने मौका जुरेको र नेपाली मेलाबाट आफु निकै प्रभावित भएको कुरा जानकार गराउनुहुँदै तमु धि यूकेको आजीवन सदस्य बन्ने प्रेरणा मिलेको कुरा बताउनुभयो । मेला तमु धि यूकेले आयोजना गरे त पनि यूकेभरीका संघसंस्थाहरुको उल्लेख्य सहभागी भएको र नेपालमै पनि बिरलै देख्ने साँस्कृतिक झाँकी तथा भेषभुषाको संगम देख्दा धेरै खुशी अनि गौरब लागेको कुरा बताउनुभयो । यसै कारण यस्तो गरिमामय संस्थाको सदस्य बन्ने ईछ्या जागेको कुरा बताउनुभयो ।
होटल ब्यवसाय आफ्नो प्रमुख पेशा भए पनि गुरुङ समाजसेवा पनि उत्तिक्कै सकृया छन । गुरुङ नेपाल र यूकेका बिभिन्न सामाजिक संघसंस्थाहरुसँग अबध्द छन ।