लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री
लण्डन । सत्तारुढ कन्सर्भेटिभ पार्टीको नेतामा महिला नेत्री लिज ट्रस बिजयी भएकी छिन् । यससंगै उनी बेलायतको नयाँ प्रधानमन्त्री रुपमा भोलीदेखी कार्यभार सम्हाल्ने छिन् र भोली नै केही मन्त्रीहरु नियुक्ती गरेर बेलायतको लागि नयाँ सरकार बनाउने प्रकृयामा लाग्नेछिन । कन्सर्भेटिभ पार्टीको अर्को नेता ऋषि सुनकसँग कडा प्रतिस्पर्धी गरेकी ट्रसले पार्टी सदस्यहरुबिच मतदान गर्दा सुनाकको भन्दा बिस हजार बढी मत (भोट) ल्याईन । झन्डै एक लाख सत्तरी हजार बढी पर्टी सदस्यहरु रहेको कन्सर्भेटिभ पार्टीमा लिजले ८१,३२६ मत प्राप्त गरीन भने सुनाकले ६०,३९९ मत प्राप्त गरे । यस अघि पार्टीका ३ सय ५८ सांसदमध्ये ४२ वर्षीय सुनाकले १ सय ३७ मत पाएर पहिलो स्थान बनाएका थिए भने ट्रसले १ सय १३ मत पाएकी थिइन् ।
सोमबार दिउसो वेष्टमिनिस्टर स्थित क्विन एलेजाबेथ सेन्टरमा भएको घोषणा सभामा कन्सर्भेटिभ पार्टीको सभापति ग्राहम ब्राडीले मतदानको नतिजा सुनाउदै लिज बिजयी भएको घोषणा गरे । ट्रसको बिजयीपछी पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनकको प्रधानमन्त्री बन्ने दौड भने सकिएको छ ।
नयाँ प्रधानमन्त्री ट्रसको ठुलो चुनौती रहेको सबैले अबगत भएको त्यस चुनौतीलाई उनले कसरी सम्हाल्नेछिन वा समाधान गर्नेछिन भन्ने कुरा हेर्न बाँकी नै छ । बिशेष गरेर देशको कमजोर अर्थतन्त्र, मुद्रास्फीति, कर र बढ्दो मंहगी उनका लागि ठुलो चुनौती बन्ने निश्चित नै छ । बेलायतमा मंहगी र मुद्रास्फीति चालीस वर्ष यता सबैभन्दा उच्च रहेको छ ।
लिजले राजनीति लिबरल डेमोक्रयाट पार्टीबाट शुरु गरेकी थिईन तर पछी अक्सफोर्डमा अध्ययन गर्दा उनी कन्जरभेटिभ पार्टीमा प्रवेश गरेकी थिइन् । उनी सन् २०१० मा पहिलोपटक सांसदमा निर्वाचित भएकी थिइन् । उनी साउथ वेष्ट नरफोक निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएकी थिइन् । उनी सोही क्षेत्रलाई प्रतिनिधित्व गर्दै आएकी छिन् । त्यसअघि सन् २००१ र २००५ को आमचुनावमा उनले पराजय व्यहोर्नु परेको थियो । उनी सन् २००६ मा ग्रीनीच काउन्सिल लण्डनमा काउन्सिलर पदमा निर्वाचित पनि भएकी थिइन् ।
उनले सन् २०१२ देखि सरकारी जिम्मेवारी वहन गर्दै आएकी छिन् । शुरुमा उनी शिक्षा तथा शिशु स्याहार मन्त्रालयमा उपमन्त्री, त्यसपछि वातावरण, खाद्य र ग्रामीण मामिला राज्यमन्त्री, लर्ड चान्सलर, कोष मन्त्री बनिसकेकी छिन् ।
को हुन् लिज ट्रस ?
बेलायतको अक्सफोर्डमा जन्मिएकी ४७ वर्षीय ट्रसले अक्सफोर्ड विश्वविधालयबाटै स्नातक अध्ययन गरेकी छन् । विद्यार्थी अवस्थामा लिबरल डेमोक्र्याटिक पार्टीसँग नजिक रहेकी ट्रसले बेलायतबाट राजसंस्था उन्मूलन गर्नुपर्ने चर्को भाषण दिएकी थिइन् । पछि उनी कन्जरभेटिभ पार्टीमा सक्रिय भइन् । दुई पटकसम्म संसदीय चुनावमा पराजित भएपछि तेस्रो पटक उनी सन् २०१० मा पहिलोपटक ब्रिटिस संसद् ‘हाउस अफ कमन्स’ मा निर्वाचित भएकी थिइन् ।
उनले शिक्षा, वातावरण, अन्तर्राष्ट्रिय व्यापार तथा परराष्ट्रमन्त्रीका रूपमा काम गरिसकेकी छिन् । उनले युक्रेनविरुद्ध रुसी अतिक्रमणको कडा आलोचना गर्दै ब्रिटेनले युक्रेनलाई सैनिक तथा आर्थिक सहायता दिने नीति कार्यान्वयन गरिरहेकी थिइन् ।
उनी बेलायत युरोपेली संघमै रहनु पर्छ भन्ने पक्षमा थिइन् तर टेरेजा मे प्रधानमन्त्री भएपछि भने उनले युरोपेली संघ छाडेर पनि बेलायतले लाभ लिन सक्ने बताएकी थिइन्।
उनको पूरा नाम मेरी एलिजाबेथ ट्रस हो । उनका श्रीमान ह्यु ओ लियरी एकजना लेखापाल हुन् । उनीहरुका दुई छोरी छन् ।