तमु समाज युकेको आमा समूहले हरितालिका तीज-२०२२ भब्य मनाए

शिब सरण गुरुङ

लण्डन । नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा तमु समाज युकेको आमा समूहले बिगतका बर्षहरुमा झै यस बर्ष पनि गत २७ अगष्ट २७ तारिख २०२२ साल शनिबार वेम्बली बरहाम पार्क स्थित आफ्नै भवनमा लेडिज नाईट तथा हरितालिका तीज कार्यक्रम भब्य मनाए । उक्त लेडिज नाइट तथा तीज कार्यक्रममा तमु समाज यूकेका आमा दिदीबहिनीहरु एवं लण्डन वरपरका नेपाली नारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । तमु समाज यूके आमा समूहकी अध्यक्ष उमादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम आमा समूहकी सचिव मिरा गुरुङले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रमको प्रमुख अतिथि जेष्ठ नागरिक श्रद्धेय श्रीमति चन्द्र कुमारी गुरुङ, आमा समूहकी अध्यक्ष पूर्व अध्यक्ष माया गुरुङ र तमु समाज युकेका प्रथम महिला श्रीमती मिना गुरुङ गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि समुदघाटन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि तमु धिं युकेका आमा समुहकी अध्यक्ष तथा प्रथम महिला श्रीमती सिता गुरुङ (मन्जु) लगायत तमु धिं युके बाट पाल्नुभएका अन्य अतिथिहरु श्रीमती कमला गुरुङ, श्रीमती सन्ध्या गुरुङ, सुश्री समी गुरुङ, तमु प्ये ल्हु संघ युके आमा समूहका अध्यक्ष श्रीमती विष्णु गुरुङ, तमु समाज युकेका प्रथम महिला श्रीमती मिना गुरुङ, सोपाल समाजका संस्थापक उपाध्यक्ष श्रीमती पर्वती गुरुङ, कोने घोन्डे समाज युके चेलिबेटिका प्रमुख श्रीमती चन्द्र देबी गुरुङ लन्डन फेसन हाउसका प्रबन्ध निर्देशक मनिसा डङ्गोल, आसा फेसन हाउसका प्रबन्ध निर्देशक आसा भुषाल, अष्मी ज्वएलर्सका प्रोपाईटर रन्जु श्रेष्ठ र तमु समाज युकेका जेष्ठ नागरिक आमाहरु सबै अतिथिका रुपमा उपस्थित थिए ।

तीजको औपचारिक कार्यक्रममा हेल्थ एण्ड सेफ्टीबारे सचिव मिरा गुरुङले जानकारी दिएकी थिइन्। त्यसैगरी आमा समूहकी उपाध्यक्ष मथुरा देवी गुरुङले स्वागत मन्तव्य र आमा समूहकी अध्यक्ष उमा देवी गुरुङले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रममा आमा समूहकी सचिव मिरा गरुङले लेडिज नाइट तथा तीज कार्यक्रमलाई विभिन्न किसिमका भौतिक सहयोग र आर्थिक प्रायोजन गर्ने दाताहरुको नामावालि बाचन गर्दै सबै सहयोगि दाताहरु प्रति आभार प्रकट सहित धन्यवाद व्यक्त गरेका थिए ।

यसबर्षको तीज कार्यक्रममा मनोरंजनको निम्ति राखिएको राफल ड्रको पहिलो पुरस्कार स्वरुप सुनको चन्द्रमा लण्डन साउथ हेरो स्थित जय श्री कृष्ण ज्वएलर्स युकेका प्रोपाईटर श्रीमती लक्ष्मी गैतमले प्रायोजन गर्नु भएको थियो। राफल ड्रको अन्या पुरस्कारहरु आमा समूहका दिदिबहिनिहरुले प्रायोजन गरेका थिए । यसैगरि नृत्य तर्फ उत्कृष्ट नृत्यङ्गना पुरस्कार आमा समूहका अध्यक्ष श्रीमती उमा देवी गुरुङले प्रायोजन गर्नु भएको थिए भने अन्य पुरस्कारहरु आमा समूहका पूर्व अध्यक्ष श्रीमती माया गुरुङ, सल्लाहकार श्रीमती ईच्छा कुमारि गुरुङ, तमु समाज युकेका पूर्व उपाध्यक्ष श्रीमती रेनुमाया गुरुङ र आमा समूहका उपाध्यक्ष श्रीमती मथुरा गुरुङले प्रायोजन गरेका थिए ।

तीज कार्यक्रमको नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्यङ्गनाको उपाधि ज्ञानु घलेले जितेको छ भने क्रमस दोस्रो स्थान बविता श्रेष्ठ र तेस्रो स्थान तिलु घलेले जितेकि छन्।यस बर्षको राफल ड्रको अकर्सक प्रथम पुरस्कार सुनको चन्द्रमा सुश्री सउरभि ले जितेका थिए । तीज कार्यक्रमको हल सजावटमा आमा समूहका अध्यक्ष उमा देबी गुरुङ, उपाध्यक्ष मथुरा गुरुङ, सचिब मिरा गुरुङ र प्रथम महिला मिना गुरुङ लगायत संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु र अन्य पुरुष सदस्यहरुले सहयोग गरेका थिए।

यसैगरि खानपिनको व्यवस्थापन समाजका खाध्य संयोजक हारिमान गुरुङ, सल्लाहकार राम चन्द्र गुरुङ र सल्लाहकार ज्ञान गुरुङले गरेको थियो। कार्यक्रममा प्रबेश शुल्क संकलनको कार्य निर्वतमान अध्यक्ष शिब चन्द्र गुरुङ र सल्लाहकार उदय गुरुङले गरेका थिए । तीज कार्यक्रममा अल्डरसोट गोर्खा किचेनका प्रोपाईटर भिम गुरुङले खानाको बन्दोबस्त र आमा समूहका आमा दिदीबहिनीहरुले उपस्थित सबैलाई सेलरोटि उपलब्ध गराएका थिए। तमु समाज यूके युवा समूहका अध्यक्ष तथा फोटोग्राफर ओमकार गुरुङले फोटोग्राफी गरेका थिए ।

दिउसो २:१५ बजे आरम्भ भएको तीज कार्यक्रममा सहभागी दिदीबहिनीले स्वादिष्ट खानासहित प्रज्वाल गुरुङको तीज डिजेमा बेलुका १० बजे सम्म नाचेर भरपुर मनोरञ्जन गरेका थिए ।