श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको बर्षिक भेला २०२२ भव्य रुपमा सम्पन्न
शिवशरण गुरुङ – लण्डन
नव निर्बाचित छैटौं कार्यसमितिका अध्यक्ष जङ्ग बहादुर गुरुङले पदभार ग्रहण
श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको बार्षिक भेला शनिबार १६ जुलाई २०२२का दिन अल्डरसोट टोङ्गहाम रोड स्थित एल्डरउढ लेजर सेन्टर, एल्डरउड स्कूलको हलमा भब्यरुपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बार्षिक भेला २०२२ कार्यक्रम समाजका श्रद्धेय वयोवृद्ध जेष्ठ सदस्य श्रीमती राज कुमारी गुरुङ र अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि शुभारम्भ गरेका थिए। सचिब राज बहादुर गुरुङले संचालन गरेको कार्यक्रममा स्वस्थ्य र सुरक्षा सम्बन्धी उपाध्यक्ष जङ्ग बहादुर गुरुङले जानकारि दिएका थिए। कार्यक्रमको प्रारम्भमा बिगत एक बर्ष भरि नेपाल र बेलायतमा दिवाङ्गत हुनुभएका सदस्यहरुको मृतआत्मामा चिर शान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरेका थिए ।
श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेका सदस्यहरु र बेलायतमा रहेका कुस्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कका चेलिबेटी र तिनका परिवारहरुको उल्लेख्य उपस्थिति रहेको बार्षिक भेलामा समाजका अध्यक्षले स्वागत मन्तव्य, जुवाई चेलिबेटिहरुको प्रतिनिधित्व गर्दै दुर्लुङ समाज युकेका पूर्ब अध्यक्ष रक्षे बहादुर गुरुङले शुभकामना मन्तव्य र अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङलेनै धन्यबाद मन्तब्य राखेका थिए । धन्यबाद मन्तब्यको क्रममा समाजको महत्व र यसका उदेस्यहरुको बारेमा चर्चा गर्दै अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले कोभिड महामारिको असहज परिस्थितिमा पनि आफ्नो नेतृत्वको तिन बर्षे कार्यकालमा अनुकुल बातावरण मिलाई हरेक क्षेत्र तथा पक्षमा बिभिन्न सहयोग गर्नुभएका सबै पदाधिकारिहरु, सल्लाहकारहरु, सदस्यहरु तथा चेलिबेटिहरुलाई आभार प्रकाट गर्दै बिषेस धन्यबाद दिएका थिए ।
यसैगरि यस बर्षको भेला आयोजनामा बिषेस सहयोग, योगदान र आर्थिक सहयोग गर्नुहुने सबै महानुभावहरु र भेलामा उपस्थित सबै सदस्यहरु, जुवाई चेलिबेटिहरु तथा परिवारहरुलाई पनि हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको थियो। मन्तव्यकै क्रममा अध्यक्ष गुरुङले श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज पोखराका संस्थापक अध्यक्ष क्याप्टेन लाल प्रसाद गुरुङ र अध्यक्ष सब-ईन्स्पेक्टर कामल गुरुङले पठाउनुभएको शुभकामना सन्देस पनि उपस्थित सबैलाई सुनाएका थिए ।
कार्यक्रममा चौरासि पुजा सम्पन्न गरेका वयोवृद्ध जेष्ठ सदसस्यहरु, यसै बर्ष छ्यसठ्ठि बर्ष उमेर पुगि जेष्ठ सदस्य बन्नु भएका महानुभवहरु, समाजका नयाँ सदस्यहरु, नव बिवाहित दम्पतिहरु, भिभिन्न संगठन र सेवामा पदोउन्नति तथा नयाँ नेतृत्वको पदभार ग्रहण गरेका सदस्यहरु तथा जुवाईचेलिहरु, सन्तान लाभ गरेका दम्पतिहरु, शैक्षिक सत्र २०२१/२२मा बिभिन्न बिधामा उच्च शिक्ष हाँसिल गरेका बिध्यार्थिहरु र नेपाल देखि बेलायतको पारिवारिक भ्रमणमा अउनुभएका अतिथिहरुलाई समाजका अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले हार्दिक बधाई तथा शुभकामना दिदै पुष्प गुछ्छा सहित खादा ओडाई सम्मान गरेका थिए। कार्यक्रममा श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेका चेली ९० बर्षिय वयोवृद्ध श्रद्धेय श्रीमती सुन कुमारि गुरुङलाई सु-स्वास्थ्य र दिर्घायुको कामना सहित बिषेस सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङको नेतृत्वमा रहेको पाँचौं कार्यसमितिले तिन बर्षे सफल कार्यकाल पुरा गरेर सर्बसम्मत बाट नव निर्बाचित छैटौं कार्यसमितिका अध्यक्षलाई पदभार हस्तान्तरण गरेका थिए। नव निर्बाचित छैटौं कार्यसमितिका पदाधिकारिहरु क्रमस: अध्यक्ष जङ्ग बहादुर गुरुङ, उपाध्यक्ष गोपाल गुरुङ, सचिब प्रसन्न गुरुङ, कोषाध्यक्ष अमित गुरुङ, खाध्य संयोजक बुद्धि गुरुङ, सांस्कृतिक सचिब श्रीमती पुजा गुरुङ र वाईन मेम्बर गौतम गुरुङलाई पाँचौ कार्य समितिका अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले खादा लगाएर हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना दिएका थिए ।
अध्यक्षको पदभार ग्रहण पश्चात मन्तब्य राख्ने् क्रममा नव निर्बाचित छौटो कार्य समितिका अध्यक्ष जंग बहादुर गुरुङले श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको नेतृत्व गरि समाज सेवा गर्ने अवसर प्रदान गर्नु भएकोमा सबैलाई धन्यबाद दिदै बिगतका कार्यक्रमहरुको निरन्तरता सहित उत्साहका साथ नयाँ कार्यक्रमहरु लिएर श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेलाई थप उचाईमा पुराउन र गाउँको बिकासमा सहयोग पुराउन सदा कटिबद्द र प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गरेका थिए। नव निर्बाचित अध्यक्ष गुरुङले समाजका हरेक योजना र कार्यक्रमहरु सफलतापूर्बक सम्पन्न गर्न सबैको सामूहिक सहयोग अपरिहार्य रहेको बताउदै सहयोगको निम्ति सबैलाई हार्दिक अपिल गरेका थिए । कार्यक्रममा नव निर्बाचित अध्यक्ष जङ्ग बहादुर गुरुङले अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङको नेतृत्व रहेको पाँचौं कार्यसमितिको तिन बर्षे कार्य अवधि कोभिडको बिषम परिस्थितिमा रहेरपनि अत्यन्तै सफलतापूर्बक पुरा भएको बताउदै सबल नेतृत्व प्रदान गरि समाजलाई गर्नुभएको योगदान र समाजसेवाका निम्ति अध्यक्ष लगायत पाँचौं कार्यसमितिका सम्पूर्ण पदाधिकारिहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै शुभकामना सहित खादा लगाएर बिदाई गरेका थिए ।
बार्षिक भेलामा खाध्य संयोजक काजि गुरुङको संयोजनमा गोर्खा किचेन केटरिङ सर्भिसले बिभिन्न परिकारका स्वदिष्ट खानाको व्यबस्थापन गरेको थियो।यसैगरि संस्थापक अध्यक्ष क्याप्टेन कृष्ण प्रसाद गुरुङ र पूर्ब अध्यक्ष मेजर समुन्द्र गरुङले कार्यक्रमको सम्पूर्ण पेया पदार्थको प्रायोजन गरेका थिए। यसै गरि अन्य केहि सदस्य तथा चेलिबेटिका परिवारले पनि बिभिन्न शिर्षकमा बर्षिक भेलाको निम्ति आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा मनोरंजनका निम्ति संस्कृतिक सचिब सम्झना गुरुङको संयोजनमा समाजका चेलिबेटि पारिवारकै कलाकारहरु जितमाया गुरुङ, रक्षे बहादुर गुरुङ र मोनिका गुरुङले मनमोहक नृत्यहरु प्रस्तुत गरेका थिए।
मनोरंजनकै निम्ति सांस्कृतिक सचिव सम्झना गुरुङ र नव निर्वाचित उपाध्यक्ष गोपाल गुरुङको संयोजनमा दसवटा नगद पुरस्कार रहेको राफल ड्र पनि संचालन गरेको थियो। राफल ड्र कार्यक्रम संगसंगै निल गुरुङको म्युजिक डिजेको साथमा उपस्थित सबैले नाचेर कार्यक्रमको अन्त सम्म भरपुर मनोरंजन गरेका थिए ।
बिहान ११:३० बजे आरम्भ भएको बार्षिक भेला अर्को बर्ष सोहि स्थानमा १५ जुलाई २०२३मा आयोजना गर्ने घोषण सहित सम्पूर्ण कार्यक्रम बेलुकाको ९ बजे अन्त भएको थियो ।