चर्चित गुरुङ फिल्म “शिरसुबा” बेलायतमा प्रदर्शन हुँदै

लन्डन । नेपालमा अपार सफलता पछि ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकद्धारा निर्मित चर्चित गुरुङ फिल्म “शिरसुबा” अगामी सेप्टेम्बर महिना बेलायतमा प्रदर्शन गर्ने भएका छन् । चलचित्रका कथाकार विमल गुरुङको अनुसार चलचित्र प्रदर्शनबाट उठेको सम्पुर्ण रकम परोपकारी कामको लागि उपयोग गर्ने कुरा खबर युकेलाई जानकारी गराएका छन ।

गाउँ ठाउँँको भाषा, भेषभुषा र संस्कृतिको संरक्षण तथा प्रबर्ध्दनमा तल्लिन ब्रेज मेश्रो फिल्म प्रोडक्सनले फिल्म प्रदर्शन मार्फत प्राप्त नाफा घान्द्रुक कै सामाजिक बिकासको निम्ती प्रायो गरिदै आएको छ । यसै प्रालिद्वारा निर्मित यस अघिको गुरुङ फिल्म “भ्रे” बाट उठेको मुनाफा घान्द्रुक स्थित रोधी क्लब भवन निर्माणमा सहयोग गरेको थियो ।

कोभिडको कारण फिल्म क्षेत्रमा पनि ठुलो क्षति भएता पनि “शिरसुबा” चलचित्रले नेपालमा राम्रो बजार लिएको थियो । “शिरसुबा” प्रदर्शनबाट प्राप्त जत्ति पनि नाफा अन्नपूर्ण गाउँ पालिका- १०, घान्द्रुक गाउँको श्री मेश्रम बाराह स्कुलको कक्षा ११ र १२ को उच्च माद्यामिक बिद्यालय संचालनको निम्ती सहयोग गरिनेछ ।

यूकेमा “शिरसुबा” प्रदर्शनको लागि चर्चित मर्गेज कम्पनि पीपल मर्गेजले प्रायोजन गर्ने भएको छ साथै घान्द्रुक समाज यूके, तमु धिं यूके, ग्रेटर रशमुर नेपाली समाज तथा क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेले सहयोग गर्ने भएका छन ।

चलचित्र प्रदर्शनको मिती, स्थान र समय यस् प्रकार रहेका छन-

सेप्टेम्बर ३ तारिख शनिबार, प्रिन्सेस हल अल्डरसट, समय ५ बजे बेलुका
सेप्टेम्बर ११ तारिख आइतबार, याक एण्ड यती रेस्टुरन्ट योर्क
सेप्टेम्बर 18 तारिख बिहीवार, प्लम्स्टेड लण्डन
सेप्टेम्बर २४ तारिख बुधबार, स्विण्डन