एनआरएनए यूके विवाद : स्पष्टीकरण सम्बन्धमा महासचिब खुशी लिम्बुको स्पष्टोती
लण्डन । एनआरएनए यूकेको विवाद सम्बन्धमा महासचिब खुशी लिम्बुले आफुलाई कसैले पनि स्पष्टीकरण नसोधेको कुरा खुलाएका छन । बहालवाला महासचिब लिम्बुले एक प्रेस विज्ञप्ति जारी गर्दै गैर आवसीय नेपाली संघ (एनआरएनए) यूके महासचिव खुशी लिम्बुले प्रवक्ताको नाममा गत २६ जुनमा सम्प्रेषित विज्ञप्ति आधिकारिक नभएको दावी गरेका छन् ।
महासचिवले बैठक बस्ने नबस्ने भन्ने विषयमा विरोधाभाषपूर्ण इमेलहरु सम्प्रेषित गरेकाले स्पष्टिकरण सोधिएको भन्ने विज्ञप्तिको खण्डन गर्दै लिम्बुले त्यो आधिकारिक नभएको जिकिर गरेका छन । त्यस्तै महासचिब लिम्बुले गत जुन २५ तारिख शनिबारलाई तय भएको कार्यसमितिको बैठकबारे पूर्व जानकारी गरेता पनि बेलायतमा अधिराज्यव्यापी रेल हडताल हुनेभएकोले कार्यसमिती सदस्यहरु र अन्य इच्छ्युक सर्बसाधारणलाई यात्रामा कठिन हुनसक्ने भएकोले कार्यसमितिका बहुमत सदस्यहरुको सल्लाह बमोजिम नै बैठक स्थगनको गरेको कुरा खुलाएको छ ।
त्यस्तै जारी विज्ञप्तिमा उल्लेख भए अनुसार २५ तारिखको बैठकमा बरिष्ठ सदस्यहरु उपस्थित भएता पनि उक्त बैठक औपचारिक छलफल भएको र सचिबहरुलाई बैठक संचलान गर्न दबाब दिएको कुरा उल्लेख गरिएको छ । त्यस्तै, बैठकको निर्णयहरुबारे उपस्थित सचिबालयक उपाध्यक्ष राम चन्द्र पोखरेल र प्रबक्ता भरतमणी चोङबाङसित संपर्क गरी जानकारी लिंदा त्यस्तो कुनै पनि निर्णय नभएको जानकारी पाएको कुरा उल्लेख गरेको छ ।
विज्ञप्तिमा एनआरएनए यूकेले हिजो आइतबार जारी विज्ञप्ति औपचारिक र सत्य नभएको कुरा जानकारी गराएका छन ।
महासचिव खुशी लिम्बु र कोषाध्यक्ष विष्णु खरेलले संयुक्तरुपमा जारी गरेको विज्ञप्ति यस्तो छः