गोरे गुरुङले ल्यायो “भेट भयो गोरखा बारपाक गाउँमा… “

चर्चित गुरुङ (तमु) निर्देशक तथा कलाकार गोरे गुरुङले आफ्नै गाउँ सिक्लेस र गोरखाको चर्चित गाउँ बारपाकलाई जोडेर नयाँ लोक भाकाको गीत “भेट भयो गोरखा बारपाक गाउँमा… ” सार्वजनिक गरेका छन । आफ्नै युट्युब च्यानल गोरे गुरुङ मा/मार्फत सार्वजनिक गरेको उक्त गीत आफ्नै गाउँ सिक्लेस र बारपाकमा छायांकन गरेको छ । आफ्नै रचना, लय र संगीत रहेको उक्त गीत राजु गुरुङ तथा ममता गुरुङले गाएका छन । गीतको एरेन्ज भने तेजेन्द्र गुरुङले गरेका हुन ।

स्वयम आँफै अभिनय गरेको उक्त गीतमा उनलाई मीरा गुरुङले साथ दिएका छन । गीतको नृत्य निर्देशन तथा छायांकन पुष्कर थापामगरले गरेका छन भने श्रृङगार सरोज गुरुङले गरेका हुन । गीत छायंकनमा ड्रोन दिल बहादुर गुरुङले सन्चालन गरेका थिए भने गीतको सम्पादन जितेश प्रधानले गरेका हुन ।

गीतको भिडियो निर्देशन् पनि स्वयम् गोरे गुरुङले गरेका हुन भने सह-निर्देशन राजेन्द्र अधिकारी “अर्पण”ले गरेका हुन । अत्यन्तै रमाइलो अनि ठट्टा शैलीमा गाएको उक्त युगल गीत एक अर्कासँग दोहोरी खेल्ने शैलीको छ र त्यसमा गोरे स्वयम् र मीराको अभिनय तथा नाचले झन उत्कृष्ट बनाएको छ । गीतमा स्थानीय बारपाकबासी तथा कलाकारहरुले उनलाई साथ दिएका छन ।

स्मरण रहोस्- गोरे गुरुङ एक कुशल कलाकार अनि निर्देशक हुन । अझ भन्दा बिस पच्चिस बर्ष अगाडीबाट बिभिन्न गुरुङ तथा नेपाली चलचित्र बनाएर नाम अनि चर्चा बटुल्न सफल गोरे गुरुङ हाल बेलायत बस्नुहुन्छ र समय समय चलचित्र तथा गीत संगीतमा लागिरहनु भएको छ । उहाँको “बाचा बन्धन” सर्बाधिक चर्चित फिल्म हो भने पछिल्लो फिल्म “मेजर पेन्सन खाउली” भन्ने हो जुन फिल्मको “यूकेतिर जाउली, मेजर पेन्सन खाउली” भन्ने गीत प्राय नेपाली कार्यक्रमहरु बज्ने गर्दछ ।

एक दिन अघि मात्रा सार्वजनिक गरेको “भेट भयो गोरखा बारपाक गाउँमा… ” गीत सैतीस हजार बढी दर्शकले हेरिसकेका छन ।