डोको रेस च्यालेन्जमा उठेको रकम परोपकारी कार्यको लागि प्रयोग गरिने
आइतवार १२ जुन २०२२ । गत आइतबार जुन १२ तारिख गोर्खा वेलफेयर ट्रस्टले ब्रिटिश गोर्खा भर्ती प्रकृयामा लिने बिभिन्न परिक्षणहरु मध्ये एक महत्वपूर्ण प्रकृया वा परिक्षण “डोको दौड/रेस” को सम्झना स्वरुप ‘ब्रेभेस्ट अफ द ब्रेभ’ शिर्षक डोको रेस खेल सम्पन्न गरेको छ ।
५ केजी, १० केजी वा १५ केजी तौल बोकेर पाँच किलोमिटर क्रस कन्ट्री दौडिनुपर्ने उक्त प्रतियोगितामा सयौको संख्यामा मानिसहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा पुरानो घर ल्वाङ घलेल कास्कीका क्याप्टेन लक्ष बहादुर गुरुङले पनि भाग लिएका थिए । प्रतिस्पर्धा भन्दा नि परोपकारी (च्यारिटी) कार्यको लागि उनले दौडेका थिए । गुरुङले जम्मा £१०७५ नगद सन्कलन गर्न सफल हुनुभएको छ ।
क्याप्टेन गुरुङले उक्त रकम नेपालमा भुपु गोर्खाहरुकै लागि उपयोग गर्ने कुरा बताएका छन । त्यस्तै गुरुङले यदि रकम पुग भएमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ कार्यक्रमको लागि प्रयोग गरिने कुरा बताए ।