पितालाई मुद्दा हराएपछि आफ्नो प्रेमीसँग विवाह गर्दै ब्रिटनी

एजेन्सी । हलिउड पपस्टार ब्रिट्नी स्पेयर्सले प्रेमी साम अस्गरीका साथ अमेरिकाको लस एन्जलसमा हालै विवाह गरेकी छन् । ४० वर्षीया ब्रिट्नी र २८ वर्षीय अस्गरी पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहे पनि ब्रिट्नी पिताको संरक्षणमा रहेकाले उनीहरुले विवाह गरेका थिएनन् ।

आफू पिताको संरक्षणमा रहेकाले विवाह गर्न तथा बच्चा जन्माउन नपाएको भन्दै केही महिनाअघि ब्रिट्नीले पिताविरुद्ध मुद्दा हालेकी थिइन् । चर्चासँगै विवाद जन्माएको उक्त गार्जियनसिपको मुद्दा जितेसँगै उनले विवाह गरेकी हुन् । सात महिनासम्म चलेको उक्त मुद्दा नसकिउञ्जेल विवाह गर्न अनुमति नभएकाले मुद्दा सकिएपछि उनी विवाह बन्धनमा बाँधिएको एजेन्सीले जनाएको छ ।

केही महिनाअघि गार्जियनसिपबाट मुक्त भएकी उनले गत सेप्टेम्बरमा सामका साथ इन्गेजमेन्ट गर्नुका साथै आफू गर्भवती रहेको खुलासा गरेकी थिइन् । त्यसको केही समयपछि आफ्नो बच्चा गर्भमै खेर गएको बताएकी थिइन् । ब्रिट्नी र सामकबो भेट सन् २०१६ मा एक म्युजिक भिडियोको सुटिङको दौरानमा भएको थियो ।