किर्तिमानी हिमाल आरोही निर्मल पुर्जालाई बेलायती महारानीबाट “एमबीई”बाट बिभुषित
लण्डन । “१४ पिक्स- नोथिङ इज इम्पोसीबल” को प्रमुख पात्र भुपु गोर्खा सैनिक निर्मल पुर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित बिभुषण “एमबीई”बाट बिभुषित भएका छन । किर्तिमानी युवा हिमाल आरोही निर्मल पुर्जालाई हिजो जुन ८ तारिख २०२२ साल बुधबार विन्डसोर क्यासल दरबारमा आयोजित एक कार्यक्रममा उक्त “एमबीई” एवार्ड प्रदान गरिएको हो ।
सन २०१८ को जुनमा सम्मान पाउने सुचीमा रहेको भए पनि पुर्जाले हिजो मात्रा उक्त एवार्ड प्राप्त गरेका हुन । सन २०१६ मा हिमाल अरोहणको क्रममा उनले भुपु गोर्खाहरुको उध्दार गर्नुको साथै सन २०१७ मा आठ हजार भन्दा बढी अग्लो १४ वटा हिमालहरु सात महिनाभित्र आरोहण गरेर किर्तिमानी कायम गरेका थिए । त्यस्तै पुर्जाले के टु हिमाल जाडो याममा चढेर अर्को किर्तिमान राखेका थिए ।
सामाजिक सन्जाल फेसबुक मार्फत “एमबीई” प्राप्त भएको स्टाटस लेख्दै श्रीमती सूची, घरपरिवार, दाजु तथा साथीभाइको साथ सहयोगले आफू सफल भएको उनले बताएका छन् । ‘मलाई सहयोग गर्ने सम्पूर्ण व्यक्तिलगायत मेरो पुस्तक र वृत्तचित्र हेरेर साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु’- पूर्जाले धन्यवाद दिएका छन् ।
बेलायती महारानीको जन्मउत्सब पारेर प्रदान गरिने उक्त बिभुषण समाज र देशलाई सेवा अनि उत्कृष्ट कार्य गर्नेलाई प्रदान गर्दछ ।